सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फेक न्युज रोक्न गुगलले १ करोड डलर खर्चिदै

२०७६ माघ १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: गुगलले फेक न्युज वा गलत समाचारको प्रसार रोक्न र खबर प्रतिको बुझाइ बढाउन १ करोड अमेरिकी डलर खर्च गर्ने जनाएको छ ।

यो अभियान अन्तर्गत गुगलले भारतमा १० लाख अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो रकम वैश्विक गैर मुनाफामा आधारित संगठन इन्टरन्युजलाई दिइनेछ ।

यो परियोजनाका लागि २५० पत्रकार, फास्ट चेकर्स, विद्वान र एनजीओ कार्यकर्ताको एक टोली गठन गरी यस्तो काम इन्टरन्युजले गर्नेछ । गुगलले समाचरप्रति विश्वभर बुझाइ वृद्धि गराउन १ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा अन्तर्गत भारतमा यो घोषणा गरेको हो ।

डिजिटल फर्ममा काम गर्ने न्युज वेबसाइटहरूले झूठो वा फेक न्युज प्रसारण गर्ने गरेको आलोचना बढेपछि गुगलले यो अभियानलाई अगाडि बढाएको हो । भारतको सन्दर्भमा वैश्विक र स्थानीय विशेषज्ञको टोलीसँग मिलेर यसका लागि पाठयक्रम तय गरिनेछ । यो सात भाषामा हुनेछ ।

भारतका गैर मेट्रो शहरमा पुगेर इन्टरनेटको उपोग गर्ने उपभोक्तालाई तालिम दिइनेछ । यसबाट उपभोक्ताले जानकारी सही हो वा गलत हो त्यसको जानकारी प्राप्त हुनेछ । भारतमा यसका लागि १५ हजार भारतीय पत्रकारहरूलाई तालिम दिइसकिएको छ । कारोबारो दैनिकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने