सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

१२ वर्षपछि राजेश हमाल र निरुताको उता हजुर मुसुक्कै गीत सार्वजनिक (भिडियोसहित)

२०७८ फागुण ३, मंगलबार

काठमाण्डौः दरबारिया प्रेमकथामा तयार पारिएको एक रोमाञ्चक सांगीतिक भिडियो कथा राजधानीमा आइतबार आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।

गायक गायिका कृष्ण विक र रचना रिमालद्वारा गाइएको उता हजुर मुसुक्कै यता यो ज्यान भुसुक्कै बोलको गीतमाथि काल्पनिक तर इतिहासका सयौं घटनासँग मेल खाने कथामा बनेको सांगीतिक भिडियो कथा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

राजा र राजकुमारसँगको अन्तर्जातीय प्रेमकथा र त्यसमा लुकेको रहस्यमाथि तयार पारिएको सांगीतिक भिडियो कथामा उँच–निच र जातपातका भेदभावलाई अन्त्य गर्न एक राजाले गरेको प्रयासको कथा बुनिएको छ। १५ मिनेट लामो भिडियोकथामा अभिनेता राजेश हमाललाई राजाको रूपमा प्रस्तुत गरिएको छ भने उनका साथमा निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा, सन्तोष मग्राती मुख्य भूमिका तथा श्रीराज विक्रम पाण्डे र श्रेया सापकोटा बाल भूमिकामा छन्।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियो सोमबार नै चार लाख ८६ हजार बढीले हेरिसकेका छन् भने ट्रेन्डिङ ४ मा आइसकेको छ। गीतमा शब्द रचना र संगीत सुरेश अधिकारीको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)