सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जसपामा चर्काचर्कीः सामूहिक र समानुपातिक नेतृत्वका लागी विवाद

२०७८ फागुण १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र विवाद चर्किएको छ । फुटको संघारमा पुगेको जसपामा सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषयलाई लिएर विवाद चर्किएको हो ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कार्यकारिणी समिति बैठकमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहबीच चर्काचर्की भएको हो ।बैठकमा सहभागी एक नेताका अनुसार बैठक सुरु भएसँगै चर्काचर्की सुरु भएको हो ।

डा. भट्टराईले पार्टी विधानअनुसार सामूहिक र समानुपातिक नेतृत्व प्रणालीको विषय पनि बैठकको एजेन्डा बनाउनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष यादवले सामूहिक र समानुपातिक नेतृत्वको विषय बैठकको एजेन्डा बनाउन नसकिने अडान राखेपछि करिब एक घण्टाको चर्काचर्कीसँगै यादव सो विषयलाई एजेन्डा बनाउन सहमत भएका थिए ।

यादव सामूहिक र समानुपातिक नेतृत्व प्रणाली’bout छलफलको एजेन्डा बनाउन सहमत भएपछि सुरु भएको बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले बताए ।

यही विषय उठाउँदै भट्टराईले बैठक बोलाउन माग गरेपछि यादव बैठक राख्न समेत सहमत थिएनन् । लामो समयपश्चात् बैठक राख्न सहमत भए पनि उनी बैठकको एजेन्डा बनाउन नहुने पक्षमा थिए ।

जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक दल महन्थ ठाकुर र राजेन्द्र महतोले गठन गरेपछि जसपामा एक अध्यक्ष रिक्त छ । ठाकुर र यादव दुई जना जसपाको अध्यक्ष थिए । रिक्त एक अध्यक्षमा कसैलाई ल्याउन नहुने अडान यादवले राख्दै आएका छन् । तर, विधानअनुसार रिक्त अध्यक्षसहित कार्यकारिणी समितिको सदस्य समेत पूर्ति गर्नुपर्ने पक्षमा भट्टराई रहेका छन् ।

सामूहिक तथा समानुपातिक नेतृत्व प्रणालीको विषय बैठकको एजेन्डा बन्ने सहमतिसँगै अन्य एजेन्डा तय भएको हो । बैठकको सुरुमा भट्टराई र यादवले आफ्ना धारणा राखेपछि बैठक अन्य एजेन्डामा प्रवेश गरेको हो ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता, एमसीसी सम्झौता, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समीतिमा पदपूर्ति, कार्यकारणी समीतिका सदस्यहरुको जिम्मेवारी बाँडफाँड, पार्टी विधान सम्मेलन, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीलगायतका एजेन्डामा छलफल सुरु भएको प्रवक्ता डम्बर खतिवडाले बताए ।

प्रवक्ता खतिवडाका अनुसार बैठकको पहिलो दिन स्थानीय निर्वाचन तथा पार्टी दर्ता विषयमा निर्णय भएको छ । बाँकी अन्य एजेन्डामा शनिबार पुनः छलफल हुने उनले बताए ।

जसपा कार्यकारिणी समितिका सदस्य रामनरेश यादवले एमसीसी सम्झौतालगायतका विषयमा शनिबार छलफल हुने बताए । कार्यकारिणी समितिका सबै सदस्यलाई सम्झौताको प्रतिलिपि अध्ययनका लागि दिएको बताउँदै उनले शनिबारको बैठकमा धारणा राखेपछि निर्णय हुने बताए ।

एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्नुपर्ने पक्षमा भट्टराई खुलेर लागेका छन् । तर, यादवले एमसीसी सम्झौता याथास्थितिमै संसद्बाट पारित गर्न नहुने अडानमा छन् । यस विषयमा समेत बैठकमा गम्भीर रूपमा छलफल हुने बताइएको छ ।

जसपाले अहिलेसम्म औपचारिक रूपमा पक्ष वा विपक्षमा उभिने ’boutमा निर्णय गर्न सकेको छैन । जसपाबाटै विभाजन भएर गठन भएको लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

जसपाको कार्यकारिणी समितिमा ३४ जना रहेका छन् । स्रोतका अनुसार बहुमत सदस्यले एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा आफ्नो धारणा राख्नेछन् । राजधानी दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै