सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शैक्षिक ऋण लिन राष्ट्र बैंकको आग्रह

२०७५ कार्तिक २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले घोषणा गरे अनुसार व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन राष्ट्र बैंकले योग्य नागरिकलाई आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो ।

आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कायार्न्वयनमा आएसँगै शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन पाइने भएको हो ।

उच्च शिक्षाकालागि विदेश पढ्न जाने युवाले यो कर्जा प्राप्त गर्न आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वालक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वाहुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने छ ।

उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा ऋणीले सक्कल शैक्षिक प्रमाणपत्र धितोस्वरुप राखुपर्छ ।

यसका लागि आफूले गर्ने कामको विवरणसहित राष्ट्र बैंकका मान्यता प्राप्त बैंक तथा वित्तीय संस्थासहित राष्ट्र बैंकको मान्यताप्राप्त बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्ने, प्यान नम्बर लिनुपर्ने र कालो सूचीमा नपरेको हुनुपर्नेछ ।

यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि उच्च शिक्षा अध्ययन गर्न चाहनेसँगै व्यवसाय गर्न चाहने युवा, महिला तथा दलित समुदायले सरकारबाट सहलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने तथा सीप प्रमाणीकरण गरी बिनाधितो ऋण पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

सुनको मूल्य घट्यो, प्रतिताेला कति ?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ