काठमाण्डौः गायक रविन लिम्बुको सुमधुर स्वरमा सजिएको ‘मेरी सानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतलाई डि.पी खनाल र सदु खनालले सयुक्त रुपमा लेखेका हुन्। गीतमा शंकर थापा ‘स्माइल’ संगीत रहेको छ भने विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
सहरमा भएको प्रेमी र गाउँमा भएकी प्रेमिकाबीचको मिठो सम्झना र कल्पनालाई प्रस्तुत गरिएको भिडियोमा नायक आर्यन सिग्देल र रुबीना थापा फिचर्ड छन्।
