सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

माओवादी द्वन्द्वको घाउ कोट्याउँदै ‘दोख’ टिजर (भिडियो)

२०७९ जेठ २३, सोमबार

काठमाण्डौः असार २४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘दोख’ले टिजर सार्वजनिक गरेको छ ।

अनुप बरालको निर्देशन रहेको फिल्मको टिजरले १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई पिताको आँखाबाट प्रस्तुत गर्ने जमर्को गरेको छ । पिताको भूमिकामा लोकमणि सापकोटाले मर्मस्पर्शी अभिनय गरेका छन् । डेढ मिनेट लामो टिजरले द्वन्द्वले जवान छोरा गुमाएको पीडालाई प्रस्तुत गरेको छ ।

सामुदायिक वनको मुद्दालाई लिएर दुई समुदाय भिडेपछि सुरु हुने कथामा माओवादी द्वन्द्व पृष्ठभूमिमा रहेको छ । फुटबल खेललाई माध्यम बनाएर वन कब्जा गर्ने रणनीतिमा उत्पन्न हुने परिस्थिति फिल्मको मुख्य कथा हो । राजन कठैत लिखित फिल्मको टिजरमा मनिष निरौलाले पनि ठाउँ पाएका छन् ।

‘दोख’मा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

शैलेन्द्र डी। कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको भूमिकामा छन् । चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र डीसीएन र काठमाडौँबाहिर एफडी कम्पनीले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)