सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ननस्टिक भाँडा स्वास्थ्यका लागि घातक बन्दै

२०७९ मंग्सिर ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आधुनिक भान्छामा विभिन्न आधुनिक तथा सुविधाजनक अप्लायन्सहरु हुनु स्वभाविक नै हो । यसबाहेक पनि आकर्षक, सुन्दर र ईन्धन तथा तेल बचाउने किसिमका भाँडा पनि अधिकांश भान्छाहरुमा उपलब्ध हुन्छन् ।

प्रेसर कुकर, एयर फ्रायर तथा नन–स्टिक कुकवेयर जस्ता भाडाले भान्छामा खर्च हुने समय बचाउनुको साथै कम मात्रामा तेलको खपत गर्नुको साथै खाना पनि स्वादिलो बनाउँछ ।

ननस्टिक भाँडामा तेल त कम लाग्छ नै, यसका साथै त्यस्ता भाँडा सफा गर्न पनि अति नै सजिलो हुन्छ । त्यसैले मानिस ननस्टिक भाँडाको प्रयोग गर्न रुचाउँछन् । यद्यपि, यो हाम्रो स्वास्थ्यका लागि अति नै नोक्सानदायक हुन्छ । वर्षौँसम्म ननस्टिक भाँडामा खाना पकाउनाले शरीरमा टेफ्लनको मात्रा बढ्छ, जसलाई पलीटे्रटा प्लूरोएथालिन भनिन्छ ।

ठूलो आँचमा जब ननस्टिक भाँडामा खाना पकाउँछौ, तब त्यसले केमिकल इनफर्टिलिटी र मुटु सम्बन्धि समस्या बढाउँछ ।

यसका साथै अन्य विभिन्न नोक्सान हुन्छ भन्ने कुरा अमेरिकामा गरिएको एउटा सर्वेक्षणबाट पत्ता लागेको छ ।

ननस्टिक भाँडामा खाना पकाउँदा हुने समस्या

  • क्यान्सरको खतरा बढाउँछ ।
  • नन स्टिक भाँडामा खाना बनाउनाले शरीरमा आइरनको कमी हुन्छ ।
  • कग्निटिभ डिसअर्डर हुने जोखिम हुन्छ ।
  • ननस्टिक भाँडामा समावेश पीएफओका कारण थाइराइड हुने सम्भावना पनि बढ्छ ।
  • प्रतिरोधक क्षमता पनि कमजोर हुन्छ ।
  • मुटु सम्बन्धि समस्याको जोखिम बढ्छ ।

ननस्टिक भाँडामा खाना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु 

  • ननस्टिक भाँडाको प्रयोग गर्नु १० मिनेट अगाडि त्यसमा तातो पानी भरेर राख्नु पर्छ । त्यसो गर्दा भाँडा राम्रोसंग सफा हुनुका साथै भाँडाको केमिकल पनि निस्कन्छ ।
  • ननस्टिक भाँडाका लागि विशेष डाडू, पन्यू उपलब्ध हुन्छन्, सधैं त्यसैको प्रयोग गर्नु पर्छ । साधारण डाडू–पन्यूको प्रयोगले ननस्टिक भाँडाको टेफलनको पत्र निस्केर खानामा मिसिन्छ, जुन स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ ।
  • ननस्टिक भाँडालाई तुरुन्तै टिश्यू पेपरले पुछ्नु पर्छ । सधैँ प्लास्टिक अथवा नरम स्पन्जले ननस्टिक भाँडा सफा गर्नु पर्छ । ननस्टिक भाँडालाई घोटेर सफा गर्नु हुँदैन ।
  • यदि ननस्टिकको पत्र निस्केको देखियो भने यस्ता भाँडा प्रयोग गर्नु हुँदैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा

‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’

चितवनमा रगतको अभाव

नेपालले मानव जीवनयापनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छः उपप्रधानमन्त्री यादव

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ !

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

मधुमेहका बिरामीले भुलेर पनि खान नहुने ६ कुराहरू

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

यस्ता छन ‘लु’ लाग्दा शरीरमा देखिने लक्षण

अशक्त र गरिबले कामपाभित्र निःशुल्क उपचार पाउने

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै