सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नयाँ सरकार गठनमा विलम्ब हुने

२०७९ मंग्सिर १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा ढिलाइ गर्दा नयाँ सरकार गठनमा विलम्ब हुने भएको छ। निर्वाचन भएको एक साताभित्र मतगणना सक्ने घोषणा आयोगले गरेको थियो। तर १० दिन पुग्दासम्म आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सकेको छैन। मतगणनामा विलम्ब हुँदा नयाँ संसद्बाट पुस पहिलो साताअघि नयाँ सरकार गठनको सम्भावना न्यून बन्दै गएको छ।

आयोगले समयमा निर्णय नगर्दा दोलखामा पुनः मतदानमा विलम्ब भएको छ भने बाजुरा र स्याङ्जा २ का विषयमा आयोगले कुनै निर्णय लिएको छैन। यसबाट थप समय लाग्ने देखिएको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै राष्ट्रिय मान्यताप्राप्त दलले पाउने सिट संख्या तोक्दै आयोगले नाम दिन दलहरूलाई केही समय छुट्याउनुपर्ने हुन्छ। दलहरूले बुझाएको बन्दसूचीका आधारमा समानुपातिकबाट निर्वाचित हुने सांसदको टुंगो लागेपछि मात्र आयोगले चुनावको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनेछ। आयोगले निर्वाचन प्रतिवेदन बुझाएपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

निर्वाचन आयोगले २०७४ सालको निर्वाचन परिणाम प्रतिवेदन बुझाएको भोलिपल्ट अर्थात् २०७४ फागुन ३ गते नै तत्कालीन वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) ले केपी ओली नेतृत्वमा सरकार गठनका लागि दाबी गरेका थिए। संविधानको धारा ७६ (२) बमोजिम दुई दलले गरेको दाबीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।  नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै