सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

घरजग्गा कारोबारमा कडाइले राजस्व संकलनमा धक्का

२०७९ मंग्सिर १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः  सरकारले घरजग्गा कारोबारमा कडाइ गरेसँगै मन्दीको प्रत्यक्ष असर राजस्व संकलनमा समेत परेको छ । गत वर्ष कात्तिकमा घरजग्गा कारोबारबाट ५ अर्ब ४९ करोड ५१ लाख ८३ हजार राजस्व संकलन भएकोमा चालँ आर्थिक कात्तिकमा अढाइ अर्ब राजस्व घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेखन विभागका अनुसार गत कात्तिकमा ३ अर्ब ७६ लाख २५ हजार ९ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष असोजमा देशभरको घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख राजस्व संकलन भएको थियो । तर, चालू आव गत असोजमा २ अर्ब ५६ करोड ९३ लाख राजस्व उठेको पाइएको छ ।

विभागका अनुसार कात्तिकमा ७६ हजार ५ सय ६२ घरजग्गा कारोबार भएको छ । गत वर्ष कात्तिकमा १ लाख ३४ हजार ५ सय ४९ मा कारोबार भएको थियो । कात्तिकमा कारोबार घटेसँगै राजस्व संकलनमा समेत असर परेको छ । यसैगरी, गत असोजमा ७४ हजार ८ सय ५० घरजग्गा कारोबार भएको थियो । जुन गत अघिल्लो असोजको तुलनामा कम हो । अघिल्लो असोजमा १ लाख ६८ हजार ६ सय ९ घरजग्गा कारोबार भएको थियो ।

गत कात्तिकमा सबैभन्दा बढी जग्गा कारोबार इनरुवामा भएको थियो । गत असोजमा पनि इनरुवामै बढी जग्गा कारोबार भएको देखिएको छ । इनरुवामा गत कात्तिकमा २ हजार ६ सय ८४ र नेपालगन्जमा २ हजार ६ सय ८४ वटा कारोबार भएको छ । गत असोजमा इनरुवाबाट १ हजार १ सय ४९ वटा घरजग्गा कारोबार हुँदा भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज, बाँकेबाट १ हजार २८ कारोबार भएको थियो ।

गुठी अधिनस्थ जग्गाको लिखत पारित भने ६५ वटा मात्र भएको थियो । सबैभन्दा बढी लिखत पारित गर्ने भूमिसुधार कार्यालयमा क्रमशः इनरुवा, नेपालगन्ज, जनकपुरधाम, मोरङ, भद्रपुर, राजविराज, चितवन, घोराही, बुटवल, तुलसीपुर र भक्तपुर छन् ।

गत कात्तिकमा नेपालभरमा कुल २७ हजार ९ सय ३९ लिखत पारित र नामसारी २ हजार २ सय ८१ वटा भएको थियो । गत कात्तिकमा बझाङ, मनाङ, सिर्दिवास, बलरा र काठमाडौंको मनमैंजुबाट कुनै पनि लिखत पास नभएको तथ्यांक विभागको छ ।

सरकारले कात्तिकमा सेवा करबाट मत्र गत कात्तिकमा १३ करोड ५७ लाख ७३ हजार उठाएको छ भने रजिस्ट्रेसन दस्तुर १ अर्ब ८८ करोड ३५ लाख ५६ हजार आर्जन गरेको छ ।

रजिस्ट्रेसन दस्तुर आर्जन गर्ने मालपोत कार्यालयमा चितवन अगाडि छ । चितवनले ५६ करोड २ लाख ८६ हजार रजिस्ट्रेसन दस्तुर उठाएको छ । सबैभन्दा बढी रजिस्ट्रेसन शुल्क उठाउने मालपोतमा चितवनपछि चाबहिल, भक्तपुर, लगनखेल, कलंकी, डिल्लीबजार, कास्की र साँखु छन् ।

घरजग्गा कारोबारको पुँजीगत लाभकरबाट कात्तिकमा सरकारले ७० करोड २२ लाख ९४ हजार ८ सय ४८ रुपैयाँ आर्जन गरेको छ । जबकि पुँजीगत लाभकर गत वर्ष १ अर्ब ३० करोड ५ लाख आर्जन गरेको थियो ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै