सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्तनपानको असीम महत्व

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आमाको दूधमा शिशुका लागि आवश्यक सम्पूर्ण पौष्टिक तत्व हुने हुँदा स्तनपानलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बिहीबारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ ।

‘आमाबुवाको सक्षमता स्तनपानको सफलता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो सप्ताह मनाउने गरिन्छ ।

बच्चाका लागि आमाको दूध ‘अमृत’ समान मानिन्छ । सुत्केरी हुनेबित्तिकै आउने आमाको पहेंलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुन्छ ।

शिशु जन्मिएको एक घन्टाभित्र स्तनपान गराउनुपर्ने र २४ घन्टामा ८ देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

आमाको दूधले निमोनिया, झाडापखाला, कानमा संक्रमणलगायतका रोगको जोखिम कम गर्छ ।

नेपालमा भने जन्मेको एक घन्टाभित्र शिशुलाई स्तनपान गराउनेको संख्या ५५ प्रतिशतमात्र रहेको सर्वेक्षणले जनाएको छ ।

फाइदा अनेक भएपनि स्तनपान गराउने आमाहरुको संख्या भने सन्तोषजनक छैन ।

त्यसैले सप्ताहव्यापी कार्यक्रमका साथै अन्य ठोस कार्यक्रम वर्षैभरि सन्चालन गरी स्तनपानलाई प्रोत्साहित गर्ने नीति स्वास्थ्य सेवा विभागले लिएको विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल बताउँछन् ।

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा हुने भएपनि शारीरिक सुन्दरता खस्कनबाट जोगाउने भ्रममा स्तनपानबाट पुग्ने फाइदाबाट धेरै आमाहरु वञ्चित हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

आमा स्वयंका लागि पनि स्तनपानका धेरै फाइदा रहेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. पुण्य पौडेल बताउँछिन् ।

विश्व स्वास्थ्य संगठनले आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुहरुका कारण पनि आमाहरुले बच्चालाई दूध खुवाउन नखोजेको भन्दै त्यस्ता वस्तुको नियन्त्रणमा जोड दिएको छ ।

स्तनपानको विकल्पमा ‘फर्मूला’ दूधको उपयोग हुनुले बालमृत्युको जोखिम बढ्ने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

तर पनि शारीरिक सुन्दरता जोगिने र बच्चाको वृद्धि विकास छिटो हुने भ्रमले आमाहरुको स्तनपानभन्दा बट्टाका दूधतर्फ आकर्षण बढ्दो छ ।

तर, आमा र शिशु दुवैका लागि स्तनपानको महत्व र फाइदा भने धेरै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

१३ जनामा औलो सङ्क्रमण पुष्टि

छयासी वटा एम्बुलेन्स अद्यावधिक

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित