सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तनहुँमा डेंगुका बिरामी भेटिए

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 तनहुँमा डेंगुका बिरामी फेलापरेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखापरेको हो ।

ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गन्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेंगु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

‘किशोरमा डेंगुको संक्रमण देखिएको पुष्टि भएको छ’–उनले भने–‘खासै जटिल समस्या छैन । उपचार भइरहेको छ ।’

किशोरमा डेंगु फेलापरेपछि म्याग्दे गाउँपालिकाका अन्य मानिसमासमेत डेंगु हुनसक्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको बाराकोटीले बताए ।

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाइ जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ ।

यो रोग मुख्यतः स्त्री जातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने चिकित्सक बताउँछन् ।

यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अन्डा पार्दछ र साँझपख मानिसलाई टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो ‘मार्किङ’ र ढाडको माथिल्लो भागमा बीणा आकारका ‘मार्किङ’ रहेको हुन्छ ।

सुरुमा बिरामीमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने डेंगुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ ।

चिकित्सककाअनुसार डेंगुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरनजिक झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

१३ जनामा औलो सङ्क्रमण पुष्टि

छयासी वटा एम्बुलेन्स अद्यावधिक

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित