सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगानिस्तानमा सुरक्षाबलले गरेको एक महिने कारवाहीमा ६० तालिवानी मारिए

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् ।

कारबाहीको क्रममा सुरक्षा बलले एक सय भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरीले जनाएको छ ।

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए ।

सुरक्षा कारबाहीको क्रममा एक सय आठ वटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कारबाहीका क्रममा सुरक्षाबलतर्फको क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले गोर प्रान्तमा सुरक्षाबलले झडप भएको पुष्टि गरेका छन् । तर, प्रान्तीय प्रहरी प्रमुखको दाबीलाई भने उनले अस्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी