सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डेँगु रोग देखाँउदै विदामा नजान मन्त्रालयको चिकित्सक एवं स्वास्थ्यकर्मीलाई उर्दी (पत्र सहित)

२०७६ भाद्र २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको कारण आफ्ना मातहतका सबै चिकित्सा विभागहरूमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाइ भैपरी आउने विदा बाहेकका बिदामा नबस्न उर्दी जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सातवटै प्रदेशका स्वास्थ्य कार्यालयहरू, स्वास्थ्य सेवा विभागहरू, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, औषधी ब्यबस्था विभाग लगायत सबै स्थानिय तहमा सर्कुलर गरी कार्यक्षेत्र यथावत राख्ने सम्बन्धमा उक्त ब्यहोराको पत्राचार गरेको हो ।

उक्त पत्रमा भनिएको छ “डेंगु रोगको प्रकोप फैलिएको अवस्था रहेकोले यस मन्त्रालयको विभिन्न मितिको निर्णय अनुसार विभिन्न तहहरूमा समायोजन भइ समायोजन पत्र जारी भएको चिकित्सक एवं स्वास्थ्यकर्मीहरू मध्य हाल डेँगु सक्रमण देखापरेका क्षेत्र तथा केन्द्रिय अस्पतालहरूमा कार्यरत रहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाइ मन्त्रालयको अर्को आदेश नभएसम्म भन्दै यथावत काममा खट्टिरहने व्यबस्था हुन” भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयानुसार हाल चिकित्सक एवं स्वास्थ्यकर्मीलाई रमाना नदिने निर्णय समेत भएको उक्त पत्रमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन