सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नर्सिङ काउन्सिलको चुनावमा सत्तारूढबाटै बागी उम्मेद्वार, विपक्षीलाई चिठ्ठा पर्दै

२०७६ भाद्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल नर्सिङ काउन्सिलमा रिक्त रहेको ३ सदस्य पदका लागि शनिवार (भाद्र २८ गते) निर्वाचन हुने भएको छ । रिक्त ३ सदस्य पदका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।

उम्मेद्धारी दिनेहरुमा डा. तारा शाह, जीता बराल, तुलसादेवी अधिकारी, सिता कार्की, सरला केसी, कृष्ण कुमारी पौडेल, मित्राकुमारी देवकोटा र रिना श्रेष्ठ रहेका छन् ।

देशभर तोकिएका विभिन्न १४ वटा मतदान केन्द्रहरूमा विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म भोट दिन सकिने निर्वाचन समितिले जनाएको छ ।

उक्त समितिले जनाए अनुसार काठमाडौँ, पोखरा, पाल्पा, बुटवल, चितवन, बीरगञ्ज, जनकपुर, बिराटनगर, धनकुटा, सुनसरी धरान, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ  मतदान केन्द्र तोकेको छ ।

परिषदमा दर्ता भएका नर्सको संख्या झण्डै ९० हजार भएपनि नर्सिङ संघको सदस्यता लिएका १२ हजार ४१ जना नर्सले मात्र मतदान गर्न पाउने व्यबस्था गरिएको छ ।

सत्तारूढ (नेकपा) र विपक्षी कांग्रेस निकट नर्सहरु समूह बनाएर चुनावी दौडाहमा होमिएका छन् ।

सत्तारूढ (नेकपा) समुहबाट डा. तारा साह, कृष्णकुमारी पौडेल र तुलसा देवी अधिकारीलाई आधिकारिक उम्मेद्धार घोषणा गरिएको छ भने कांग्रेस निकट समूहले सरला केसी, जीता बराल र मित्रा कुमारी देवकोटालाई आफ्नो आधिकारिक उम्मेद्धार घोषणा गरी मतदानका लागी आव्हान गर्दै आएको छ ।

त्यसैगरी नेकपा निकट मानिने सिता कार्की र रिना श्रेष्ठलाई बागी उम्मेद्धारको रुपमा उठाइएको कारण निकै रोचक भिडन्त हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

निर्वाचनको नमूना मतपत्र

नेपाल नर्सिङ परिषद्को रिक्त ३ सदस्यहरूको उम्मेदवारहरू
नेपाल नर्सिङ परिषद्ले तोकेको मतदान केन्द्रहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य