सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नर्सिङ काउन्सिलको चुनावमा सत्तारूढबाटै बागी उम्मेद्वार, विपक्षीलाई चिठ्ठा पर्दै

२०७६ भाद्र २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल नर्सिङ काउन्सिलमा रिक्त रहेको ३ सदस्य पदका लागि शनिवार (भाद्र २८ गते) निर्वाचन हुने भएको छ । रिक्त ३ सदस्य पदका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।

उम्मेद्धारी दिनेहरुमा डा. तारा शाह, जीता बराल, तुलसादेवी अधिकारी, सिता कार्की, सरला केसी, कृष्ण कुमारी पौडेल, मित्राकुमारी देवकोटा र रिना श्रेष्ठ रहेका छन् ।

देशभर तोकिएका विभिन्न १४ वटा मतदान केन्द्रहरूमा विहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म भोट दिन सकिने निर्वाचन समितिले जनाएको छ ।

उक्त समितिले जनाए अनुसार काठमाडौँ, पोखरा, पाल्पा, बुटवल, चितवन, बीरगञ्ज, जनकपुर, बिराटनगर, धनकुटा, सुनसरी धरान, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ  मतदान केन्द्र तोकेको छ ।

परिषदमा दर्ता भएका नर्सको संख्या झण्डै ९० हजार भएपनि नर्सिङ संघको सदस्यता लिएका १२ हजार ४१ जना नर्सले मात्र मतदान गर्न पाउने व्यबस्था गरिएको छ ।

सत्तारूढ (नेकपा) र विपक्षी कांग्रेस निकट नर्सहरु समूह बनाएर चुनावी दौडाहमा होमिएका छन् ।

सत्तारूढ (नेकपा) समुहबाट डा. तारा साह, कृष्णकुमारी पौडेल र तुलसा देवी अधिकारीलाई आधिकारिक उम्मेद्धार घोषणा गरिएको छ भने कांग्रेस निकट समूहले सरला केसी, जीता बराल र मित्रा कुमारी देवकोटालाई आफ्नो आधिकारिक उम्मेद्धार घोषणा गरी मतदानका लागी आव्हान गर्दै आएको छ ।

त्यसैगरी नेकपा निकट मानिने सिता कार्की र रिना श्रेष्ठलाई बागी उम्मेद्धारको रुपमा उठाइएको कारण निकै रोचक भिडन्त हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

निर्वाचनको नमूना मतपत्र

नेपाल नर्सिङ परिषद्को रिक्त ३ सदस्यहरूको उम्मेदवारहरू
नेपाल नर्सिङ परिषद्ले तोकेको मतदान केन्द्रहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

राणा प्रधानमन्त्री भीम शमशेरले खाेलेकाे भिम अस्पतालबाट वार्षिक ९६ हजारलाई उपचार

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना

आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते