सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माथिल्लो कर्णाली परियोजना खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन

२०७६ भाद्र ३१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ: सरकार र भारतीय निजी कम्पनी जिएमआरबीच भएको माथिल्लो कर्णाली जलविद्युत परियोजना खारेजीको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) राष्ट्रिय जनमोर्चा, नेकपा (माले) लगायतका ११ राजनितिक दल तथा सरोकारवाला विभिन्न संघ संस्थाहरूले नेपालले सरकारले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली परियोजना तत्काल खारेजीको घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

सम्झौता खारेजीको माग गर्ने दलहरूमा नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले),  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, पुष्पलाल अध्ययन समाज, माथिल्लो कर्णाली बचाउँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल, राष्ट्रिय पूनर्जागरण अभियान, नेपाल र राष्ट्रिय सरोकार अभियान, नेपाल रहेका छन् ।

उनीहरूले भारतीय कम्पनि जि. एम. आर.सँग भएको माथिल्लो कर्णाली परियोजना देशको हितमा नभएकोले उक्त सम्झौता राष्टघाती भन्दै मंगलबार माईतिघर मण्डलामा भेला भई बबरमहल, बिजुलीबजार, हुदै बानेश्वरमा पुगि कोणसभा समेत गरेका थिए । सभामा बोल्ने बक्ताहरूले नेपालकै लगानीमा निर्माण गर्ने गरी जीएमआरसँग गरिएको परियोजना विकास सम्झौता (पीडीए) खारेजी गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

सुशासन, दिगो विकास र समृद्धिका लागि ‘चैतन्य बहस’

पशुपतिको जलहरी प्रकरणः १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको अख्तियारको निष्कर्ष

आयल निगमद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

सुन तस्करी छानबिन गर्न ४ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सरकारको निर्णय

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा