सदाबहार खबरको रफ्तार ....
बैसाख २३, २०८१ आइतबार
May 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ

विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

मोरङबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

पत्नीको हत्या गरेर फरार भएका पुरुष पक्राउ

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

अवैध लागूऔषधसहित १२ जना पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

नक्कली प्रमाणपत्र लिएको आरोपमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्धा दायर