सदाबहार खबरको रफ्तार ....
बैसाख २९, २०८१ शनिबार
May 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रजबहादुर हत्याका आरोपी १६ वर्षपछि प्रहरी नियन्त्रणमा

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कालीकोट, वैशाख १४ गते । कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएको आरोप लागेका पदमबहादुर रावतलाई प्रहरीले १६ वर्ष पछि पक्राउ गरेको छ ।

उहाँलाई भारतबाट पक्राउ गरी सुर्खेतमा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले रावत पक्राउ गरेको पुष्टि गर्नुभयो । चार दिनअघि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरे पनि आजसम्म घटनालाई गोप्य राखिएको थियो ।

२०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गर्दा रजबहादुर माथि बाटोमै आक्रमण भएको थियो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका रजबहादुरको सुर्खेत वीरेन्द्रनगरको बुद्धपथस्थित देउती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । यो प्रकरणमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको थियो । तर आरोप लागेका ६ जनामध्ये अन्य कसैलाई पनि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन । अन्य आरोपीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ ।

हत्याका मुख्य आरोपी हाल पक्राउ परेका टाइगर भनेर चिनिने पदमबहादुर रावत रहेको दाबी प्रहरीको छ । रजबहादुरको हत्या आरोपमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध नौ माघ २०८० मा दोस्रो पटक पक्राउ पूर्जी जारी भएको थियो ।

यसअघि १३ साउन २०७९ मा पनि पक्राउ पूर्जी जारी भएको थियो । पञ्चा सिंहसँगै हाल पक्राउ परेका पदमबहादुर, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनिहरु राजनीति आडमा खुलेम हिडिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

१० नेपालीलाई केन्यामा बन्धक बनाएर पाँच करोड असुली गर्ने गिरोहका तीनजना पक्राउ

अवैध ९८ लाखसहित दुईजना पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार युवक २० वर्षपछि पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जना पक्राउ

जलेश्वरका प्रमुख-उपप्रमुखसहित १२ जनाविरुद्ध मुद्धा दायर

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

हिंसा नियन्त्रण गर्न प्रहरीको सहकार्य