सदाबहार खबरको रफ्तार ....
बैसाख २५, २०८१ मंगलबार
May 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुदै

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ ।

भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ ।

दोस्रो चरणमा राहुल गान्धी, अरुण गोविल, हेमा मालिनी, शशि थरुरलगायत विभिन्न पार्टीका धेरै दिग्गजहरूको राजनीतिक भाग्यको फैसला हुनेछ ।

दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान मा भाग लिदै छन् । जसमध्ये ८ करोड ८ लाख पुरुष र ७ करोड ८० लाख महिला तथा ५ हजार ९२९ तेस्रो लिङ्गी मतदाता रहेको आयोगले जनाएको छ । मतदान बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे समाप्त हुनेछ ।

दोस्रो चरणमा असम, बिहार, छत्तीसगढ, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर गरि १३ राज्यका ८८ सिटमा मतदान हुदै छ ।

जसमा असमका ५ सिट, बिहारका ५ सिट, जम्मू कश्मीरको एक सिट, कर्नाटकको १४ सिट, केरलाको २० सिट, मध्य प्रदेशको ७ सिट, महाराष्ट्रको ८ सीट, राजस्थानको १३ सिट, त्रिपुराको एक सीट, उत्तर प्रदेशको ८ सीट, पश्चिम बंगालको ३ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

इजराइलद्वारा पूर्वी रफाहका बासिन्दालाई तत्काल खाली गर्न सूचना जारी

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

हमास र इजरायलबीचको वार्ता विफल, वार्ता भाडिए लगत्तै हमासको आक्रमण