सदाबहार खबरको रफ्तार ....
बैसाख २५, २०८१ मंगलबार
May 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौःभारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड गर्मीबाट प्रभावित मुलुकका केही भागमा लाखौँ मतदाता मतदान केन्द्रहरूबाहिर लाइनमा उभिएका थिए ।

जुनको प्रारम्भमा सम्पन्न हुने निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अपेक्षा गरिएको छ । यद्यपि गत साताको पहिलो चरणको मतदानमा सन् २०१९ को पछिल्लो निर्वाचनभन्दा करिब चार अङ्क झरेर ६६ प्रतिशत मत खसेको छ । भारतीय मिडिया आउटलेटहरूले औसतभन्दा धेरै तापक्रमका कारण कम मतदान भएको अनुमान गरेका थिए ।

मतदान पुनः सुरु हुनुभन्दा केही समयअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा जनतासँग गर्मी भए पनि ‘कीर्तिमानी सङ्ख्या’ मा मतदान गर्न आग्रह गर्नुभयो । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उहाँले लेख्नुभएको छ, “उच्च मतदानले हाम्रो लोकतन्त्रलाई बलियो बनाउँछ, तपाईंको मत तपाईंको आवाज हो ।”

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा निर्वाचन गराउने ठूलो बोझ कम गर्न चरणबद्ध मतदानअन्तर्गत दोस्रो चरणको मतदान सुरु भएको हो । दोस्रो चरणको मतदानमा यो साता ४० डिग्रीभन्दा माथि तापक्रम रहेका जिल्लाहरू समावेश छन् । भारतको मौसम ब्युरोले सप्ताहन्तसम्म धेरै राज्यमा भीषण गर्मीको अवस्था जारी रहने बिहीबार बताएको छ ।

दोस्रो चरणको मतदानमा पूर्वी राज्य बिहारका केही भाग समावेश छन् । यहाँ पाँच जिल्लामा शुक्रबार मतदान हुँदैछ । यहाँ यो साता मौसमी औसतको तुलनामा पाँच दशमलव एक डिग्री सेल्सियसभन्दा धेरै तापक्रम रेकर्ड गरिएको छ ।

दक्षिणमा कर्नाटक राज्य र भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य तथा हिन्दू आस्थाको केन्द्र उत्तर प्रदेशका केही भागमा पनि गर्मीको लहरको सामना गर्दै मतदान गर्ने तालिका रहेको छ ।

यसै साताको प्रारम्भमा भारतको निर्वाचन आयोगले प्रत्येक चरणको मतदानअघि गर्मीको लहर र आद्र्रताको प्रभावको समीक्षा गर्नका लागि कार्यदल गठन गरेको बताएको थियो । द हिन्दू अखबारले प्रचण्ड गर्मीका कारण ‘मतदान प्रतिशतमा गिरावट आउन सक्छ’ भन्ने चिन्ताका कारण यस्तो निर्णय लिइएको हुनसक्ने बताएको छ ।

सोमबार एक विज्ञप्तिमा आयोगले शुक्रबारको मतदानमा तातो तापक्रमको प्रभावका बारेमा ‘कुनै ठूलो चिन्ता नभएको’ बताएको थियो । तर मौसमको रिपोर्टहरूलाई नजिकबाट अनुगमन गरिरहेको र ‘मतदान कर्मचारीका साथै मतदाताहरूको आराम र कल्याण’ सुनिश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमले असर पुर्याएको छ । अत्यधिक गर्मीका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।

भारतमा महाराष्ट्र राज्यमा प्रधानमन्त्री मोदीको र्यालीमा सडकमन्त्री नितिन गडकरी बेहोस हुँदा बुधबार गर्मीका कारण चुनावी प्रचारप्रसारलाई बाधा पुर्याएको थियो । घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उहाँलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । पछि उहाँले गर्मीका कारण आफू बेहोस भएको बताउनुभयो ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।

जनादेश खोज्दै गान्धी

भारतको प्रमुख विपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा पनि शुक्रबार मतदान हुँदैछ । मोदीको भारतीय जनता पार्टी (भाजपा) का विरोधीहरूको गढ रहेको दक्षिणी राज्य केरलमा आफ्नो सिट कायम राख्न ५३ वर्षीय गान्धी लडिरहनुभएको छ ।

“संविधानको सिपाही बन्नु, आफ्नो घरबाट बाहिर निस्कनु र लोकतन्त्रको रक्षाका लागि मतदान गर्नु प्रत्येक नागरिकको कर्तव्य हो”, उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

गान्धी पूर्वप्रधानमन्त्रीहरूको छोरा, नाति र पनाति हुनुहुन्छ तर उहाँको कांग्रेस पार्टीले पछिल्ला दुई आम निर्वाचनमा मोदीविरुद्ध भारी पराजय भोगेको छ ।

भारतमा मतदानमा भाग लिन ९६ करोड ८० लाखभन्दा बढी मतदाता योग्य छन् । अन्तिम चरणको मतदान जुन १ मा हुनेछ र त्यसको तीन दिनपछि नतिजा आउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिनले लिए पाँचौं पटक रुसको राष्ट्रपतिको शपथ

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

इजराइलद्वारा पूर्वी रफाहका बासिन्दालाई तत्काल खाली गर्न सूचना जारी

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

हमास र इजरायलबीचको वार्ता विफल, वार्ता भाडिए लगत्तै हमासको आक्रमण