सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

२०८१ असार १४, शुक्रबार

काठमाडौँः असार २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्म गाउँको परिवेशमा बनेको बुझ्न सकिन्छ । एउटा गाउँमा शिक्षण पेशा गरिरहेका दयाहाङ राईको त्यहीँकी मगर युवती मिरुना मगरसँग प्रेम बसेपछि आउने आरोह-अवरोहको कथामा ट्रेलर केन्द्रित छ ।

अनिल बुढा मगरद्वारा निर्देशित फिल्ममा दयाहाङ, मिरुना र शिशिरसहित कविता आले, भोलाराज सापकोटा, पुष्कर गुरुङ, बुद्धि तामाङ, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर, सुरेश पुन लगायतको पनि अभिनय छ ।

जिएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=1WajDWLXuVU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

यस्तो छ राजनराज सिवाकोटीको नेवाः फ्युजन गीत (भिडियो)

सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

प्रतिनिधिसभा बैठक सुरू {लाईभ}

‘लण्डन टु पेरिस’ को डान्सिङ नम्बर ‘सुवी डु’ सार्वजनिक

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक