सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो छ राजनराज सिवाकोटीको नेवाः फ्युजन गीत (भिडियो)

२०८१ असार १६, आइतबार

काठमाण्डौः नेपालको गीत-संगीत क्षेत्रका लोकप्रिय संगीतकर्मी राजनराज शिवाकोटीको रचना तथा संगीतका साथै नेपाल भाषा संगीत क्षेत्रकी लोकप्रिय गायिका रत्नशोभा महर्जनसंग उनको युगल गायन रहेको ‘यःमरि च्वामु’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

नेपाली भाषा तथा नेपाल भाषा मिश्रण गरेर फ्युजनको रुपमा तयार गरिएको यस गीतका रचनाकार राजन राज शिवाकोटी हुन् भने साहित्यकार रजनीमिलाले यसको नेपाल भाषा अनुवाद गरेका हुन् ।

काठमाडौंको टेकु दोभानस्थित राणाकालिन तीन देवल परिसरमा भएको सार्वजनिकिकरण समारोहमा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ मूख्य अतिथीका रुपमा रहेका थिए । उक्त समारोहमा प्रमूख अतिथी श्रेष्ठले गायिका रत्नशोभा महर्जनको प्रतिभा प्रशंसा गर्दै विख्यात संगीतकर्मि सिवाकोटीसंगको युगल गायनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

अशोक कुमार मालि र मनिराज लवटको प्रस्तुति र ए एन एन प्रोडक्शन को निर्माण रहेको उक्त म्युजिक भिडियोमा अशोक कुमार मालि र तिमिला गोपाली लगायत धेरै कलाकारहरुको सहभागीता रहेको थियो ।

यो भिडियोको कोरियोग्राफी राजन शाही, छायांकन,सम्पादन र कलर ग्रेडिंग सोहन मानन्धर, सृंगार सनमकुमार श्रेष्ठ र मिरा डंगोलले गरेका हुन् ।

भिडियो सार्वजनिक समारोहमा आयोजकका तर्फबाट अभिनेत्री हिसिला महर्जनले स्वागत मन्तव्य राखिन् भने प्रस्तोता अशोक कुमार मालि, संगीतकर्मी राजनराज सिवाकोटी,भिडियो निर्देेशक देवकुमार श्रेष्ठ लगायतले उक्त गीत र भिडियो बारे आफ्नो धारणा राखेका थिए ।

शुक्रवार सार्वजनिक गरिएको यो भिडियोको समीक्षा गर्ने क्रममा वरिष्ठ सिने पत्रकार तथा समीक्षक विजयरत्न तुलाधर असंबरेले नेपाल भाषाको म्युजिक भिडियो क्षेत्र दिनानुदिन फराकिलो हुँदै गएको र यस भिडियोमा नेवाः संस्कृतिमा महत्वपुर्ण स्थान रहेको मिठाइ यःमरिलाई भिडियो मा सुन्दर र सटिक ढंगबाट प्रस्तुत गरिएको ले सुनमा सुगन्ध थपिए जस्तो भएको छ भन्ने उदगार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

प्रतिनिधिसभा बैठक सुरू {लाईभ}

‘लण्डन टु पेरिस’ को डान्सिङ नम्बर ‘सुवी डु’ सार्वजनिक

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक