सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

क्षेप्यास्त्र एस–४०० खरिदले भारतमा मच्चियो तहल्का: अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने खतरा बढ्यो

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसबाट अत्याधुनिक क्षेप्यास्त्र प्रणाली एस–४०० खरिद गर्ने भारतको तयारीसँगै अमेरिकाले नयाँदिल्लीलाई चेतावनी दिएको छ ।

यदि भारतले उक्त क्षेप्यास्त्र प्रणाली खरिद गरेमा उमाथि अमेरिकी प्रतिबन्ध लाग्न सक्ने खतरा रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि अमेरिकी भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले खरिदलाई लिएर अमेरिकालाई मनाउने सकिने बताएका छन् ।

तर अमेरिकी विदेश मन्त्रालयले भने भारतको एक अखबारलाई इमेल मार्फत यस प्रकारको कुनै पनि कारोबार भारतका लागि कठिनाइ बन्न सक्ने र अमेरिकाले उमाथि प्रतिबन्ध लगाउन सक्ने उल्लेख गरेको सञ्चारमाध्यामहरूले जनाएका छन् ।
अमेरिका भन्छ, त्यस्ता किसिमका नियम कानुनको उल्लंघन गर्ने जुनसुकै देश विरुद्ध प्रतिबन्ध लागू हुने ब्यबस्था रहेको छ । रुस, इरान र उत्तर कोरिया अमेरिकाका विराधी देशका रूपमा मानिन्छन् ।

सन् २०१७ अगस्ट २ बाट यो कानुन लागू भएसँगै अमेरिकाले रुसको मामिलामा हतियार खरिद–बिक्री गर्न अन्य देशलाई समेत रोक लगाउँदै आएको छ ।
भारतले भने सन् २०१७ को कानुनसँगै रुससँग रक्षा सम्बन्ध, विशेष गरि एस–४०० क्षेप्यास्त्र प्रणालीको सम्भावित खरिदमा असर पर्ने यसअघि नै अनुमान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह