सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भाले बासेर निन्द्रा खल्बलिएको भन्दै छिमेकीको उजुरीः मालिकले तिरे २ सय डलर जरिवाना

२०७७ भाद्र ७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इटलीमा बिहानै भाले बासेपछि निन्द्रा खल्वलिएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

छिमेकीहरुल उजुरी गरेपछि भाले मालिकले बाध्य भएर २ सय डलर जरिवानातिर्नुप-यो । ८३ वर्षीय एन्जेलो बोलेट्टी इटलीको लोम्बार्डी क्षेत्रस्थित  कास्टिरागा भिडार्डोका बासिन्दा हुन् । भाले बासेको विषयमा उजुरी परेपछि उनी जरिवाना तिर्न बाध्य भए । उनीविरुद्ध स्थानीय नियम मिचेको आरोप थियो ।

नियमअनुसार छिमेकीको घरबाट कम्तिमा १० मिटरको दूरीमा मात्रै घरेलु जनावर राख्न पाइन्छ । यस्तो आरोपमा जरिवाना तिराइएपनि खास समस्या भने कारोलिना नामक भालेले बिहानै ४ बजेर ३० मिनेट जाँदा बास्नु हो, छिमेकीहरुले यसरी भाले बास्दा आफ्नो निन्द्रा खल्वलिएको उजूरी गरेका छन् ।
‘म निशब्द छु, त्यहाँ के आवश्यकता थियो ?’ बोलेट्टीले भनेका छन् । उनले आफुलाई यसअघि दूरी कायम गर्नुपर्ने विषय थाहा नभएको पनि बताएका छन् । उनीहरुले मलाई त्यसबाहेक पहिल्यै भनेको भए हुने थियो ।
कास्टिरागाकी मेयर इम्मान पर्फेट्टीले धेरै छिमेकीहरुबाट उजूरी आएका कारण जरिवाना तिराउनुुबाहेक अर्को विकल्प स्थानीय अधिकारीहरुसँग नरहेको प्रतिक्रिया दिएकी छिन् । यस विषयमा छानविन गर्नका लागि स्थानीय अधिकारीहरुले प्रहरीलाई पनि खटाएका थिए । बिहानै ठ्याक्कै ४ बजेर ३० जाँदा बास्न सुरु गरेको यो भाले झन्डै ६ बजेसम्म कराइरह्यो ।
एन्गेलो बोलिट्टीका अनुसार छिमेकीहरुको  विगत १० वर्षदेखि आफुले कारोलिनो नामक यस भालेलाई पालिरहेको बताए । छिमेकीले गुनासो गरेपछि उनले केही समय पहिले यसलाई साथीको जिम्मा पनि लगाएका थिए । तर उनका साथी २० दिनसम्म घुम्नका लागि बाहिर निस्किएपछि त्यस अवधिका लागि उनले फेरि भालेलाई घरमा ल्याए ।
भाले बासेकै अभियोगमा मालिकले जरिवाना तिर्नुपरेको यो पहिलो घटना भने होइन । यसअघि सबेरै भाले बासेको भन्दै एक फ्रेन्च परिवारविरुद्ध उनका छिमेकीहरुले पनि मुद्दा हालेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारसँगको लडाइँपछि युवतीले जितिन् इच्छा मृत्युको अनुमति, अब पाउँछिन् मर्न

के हो मेट गाला ?

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न