सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकी सेनामाथि आक्रमण जारी राख्ने तालिबानको धम्की

२०७६ असोज २०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: तालिबानी समुहले अमेरिकामाथि आक्रमणको प्रयास जारी राख्ने भएको छ ।

तालिबान लडाकु समूहका प्रवक्ता जबी उल्लाह मुजाहिदले सरकारको अनुरोधमा काबुल प्रशासनसँग वार्ता नगर्ने बताउदै अमेरिकासँग शान्ति सम्झौता नभएसम्म सेनामाथि हमला नरोक्ने खबर अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका र तालिबानबीच गत महिना काबुलमा भएको बम विष्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि शान्ति बार्ता हुन सकेको छैन ।
हाल तालिवान र पाकिस्तानबीच शान्तिका लागी नयाँ वार्ताको प्रयास भइरहेको छ, यद्दपी अफगान सरकारले उनीहरूलाई समर्थन गरेको छैन ।

अफगानिस्तानको काबुलमा अमेरिकी कर्मचारीको मृत्यु भएपश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको शुरुमा अकस्मात, एकतर्फी रूपमा वार्ता अवरूद्ध भएको घोषणा गरेका थिए ।

पाकिस्तानी स्रोतका अनुसार पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेसीलाई उनको मन्त्रालयमा शान्ति वार्ता पुनः आरम्भ गर्ने विषयमा छलफल समेत भएको तालिवान राजनीतिक आयोगको प्रतिनिधिमण्डलहरूले जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना