सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्रम्पको पत्र टर्कीका राष्ट्रपतिद्वारा सिधै अस्वीकार

२०७६ असोज ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्कीका राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिको पत्रलाई रद्दीको टोकरीमा फालेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका आफ्ना समकक्षीलाई उत्तरी सिरियामा कुर्दिश नेतृत्वको फौज विरुद्ध कार्बाही नगर्न आग्रह गरेपनी  टर्कीका राष्ट्रपति  रेजेप तय्यीप एर्दोआनले ट्रम्पको भनाइ नमानेका थिए ।

अक्टोबर ९ मा सिरियाबाट अमेरिकी फौज फिर्ता भएपछि अमेरिकी रास्ट्रपति ट्रम्पले एर्दोआनलाई धेरै कठोर र मूर्ख नबन्न समेत भनेका थिए ।

अमेरिकाले सिरियाबाट आफ्नो फौज फिर्ता बोलाएपछि अहिले व्यापक आलोचना खेपिरहेको छ। अमेरिकाको त्यस्तो कदमले टर्कीलाई सैन्य कारबाही गर्न बाटो खुला गरेको तर्क देखिन्छ ।

टर्कीका राष्ट्रपति एर्दोआनलाई ट्रम्पले भनेका छन्, “एउटा राम्रो सम्झौताका निम्ति काम गरौँ। हजारौँ मानिसलाई बलि चढाइएको कुराका लागि तपाईँ जिम्मेवार हुन चाहनुहुन्न र टर्कीको अर्थतन्त्र ध्वस्त पार्नका लागि म जिम्मेवार हुन चाहन्नँ “पत्रमा उल्लेख छ ।

त्यस्तै जवाफमा टर्कीका राष्ट्रपति निकट स्रोतका अनुसार राष्ट्रपति एर्दोआनले पत्र प्राप्त गरेपछि त्यस पत्रलाई सिधै अस्वीकार गरि काम नलाग्ने गरी रद्धीको टोकरीमा फालेको बिबिसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाकिस्तानमा पीएमएल-एन र पीपीबीबीच गठबन्धन सरकार बनाउने सम्झौता

गाजामा युद्दबिराम गर्न नदिन भिट्टो प्रयोग गरेकोमा अमेरिकाको गर्‍यो चीनले आलोचना

राज्यसभामा सोनिया गान्धी भइन निर्बिरोध निर्वाचित

पुटिनका आलोचक नाभाल्नीकी पत्नीको टविटर खाता गराइयाे बन्द

नाइजेरियामा सत्तारुढ दलका प्रवक्ताको हत्या

मङ्गोलियामा ४९ वर्षपछि भारी हिमपातः चिसोले ६ लाख ६७ हजार पशु मरे

इरानले बनायो दुईवटा युद्धपोत जहाज

यसरी उदाउँदैछ एसियामा अर्को नयाँ शक्ति

इराकी राष्ट्रपतिद्वारा सद्रवादी कार्यकर्ता हत्याको निन्दा

इजरायलले गर्‍यो लेबनान माथी हमला, हताहत भए नभएको अझै खुलाइएन्

रूसी राष्ट्रपति पुटिनले दिए उत्तर कोरियाली तानाशाहलाइ कार उपहार

युट्युबका पूर्व सिइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान