सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

२०८३ जेठ १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ जेठ : काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने संवादात्मक कृतिम बुद्धिमत्ता (एआई) मा आधारित कल सेन्टर सुरु गरेको छ ।

स्मार्ट वडा बनाउने भन्दै कामपा वडा नम्बर १७ ले एआईको सहयोगमा नागरिकलाई वडासँग जोड्ने कार्य गर्नका लागि उक्त सेवा सञ्चालन गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

प्रवक्ता मानन्धरका अनुसार ०१ ५९७१९८९ मा फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ । उनले भन्छिन्, “काठमाडौँ वडा १७ को एआई सेवामा स्वागत छ । म तपाईलाई आज कसरी सहयोग गर्न सक्छु?” यति आवाज आएपछि बोल्ने पालो तपार्इँको । तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ ? त्यो बोलेपछि एआईले जवाफ फकाउँछ ।

यदि एआईसँग जवाफ रहेछ भने तत्काल सोधेको प्रश्नको उत्तर दिनेछ । यदि जवाफ रहनेछ भने भन्नेछ, माफ गर्नुहोस् । म यो प्रश्नको जवाफ दिन असमर्थ छु । म तपार्इँलाई हाम्रो एजेन्टसँग जोड्दैछु । यति भनेपछि कल वडाका कर्मचारीलाई पठाउँछ ।

वडाले वडावासी र सेवाग्राहीलाई सेवा र सूचनासँग जोड्न एआई प्रविधिमा आधारित कल सेन्टर सञ्चालनमा ल्याएपछि वडासँग सम्बन्धित प्रश्नको जवाफ फोनबाटै प्राप्त गर्न सकिन्छ । प्रणाली सञ्चालनका विषयमा कुरा गर्दै प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धर भन्नुहुन्छ, “स्मार्ट वडा बनाउने क्रममा छौँ । सेवासम्बन्धी सूचना दिनु आधारभूत कुरा हो । प्रक्रिया अनलाइन प्रणालीमा आधारित बनाएर सर्भिस डेलिभरी टु होम कन्सेप्टमा अगाडि बढेका छौँ ।”

नागरिकतासम्बन्धी सिफारिसको विषयलाई उदाहरण दिँदै उहाँले भन्नुभयो, “नागरिकता सिफारिसका लागि चाहिने कागजागत र प्रमाणका विषयमा सेवाग्राहीलाई जानकारी भयो भने सबै डकुमेन्ट लिएर आउनुहुन्छ । डकुमेन्ट के चाहिन्छ भन्ने बुझ्न थप एकपटक वडामा आइरहनुपर्दैन ।”

नागरिक वडापत्रमा भएका सबै विषयको एआईले जवाफ दिन सक्छ । १५ जनाले एकैपटक फोन गर्दा जवाफ दिन सक्छ । ज्येष्ठ नागरिक भत्ता वितरण वडाले प्रदान गर्ने सेवासम्बन्धी सूचनालाई अडियो र टेक्स्टमा एकैपटक सेवाग्राहीलाई प्रदान गर्न सकिन्छ । पठाएको सूचना कसले पढ्यो । कसले सुन्यो । सुनेको हो भने कति समय सुन्यो । जस्ता विवरण हेर्न सकिन्छ । कुन क्षेत्रमा वा कुन विषयमा कस्ता गुनासा आए भन्ने तथ्याङ्क विश्लेषण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

गोपनीयता उल्लंघनको आरोपमा फेसबुकलाई इटालीकाे ८८० मिलियन डलर जरिवाना

नेपाल टेलिकमले ३० एमबीपीएस फाइबर र मेस एपी अफरको अवधि थप्यो

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तरराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री तिमिल्सिना

नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना प्रविधि प्रयोगशाला

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने