सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

२०८३ असार १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ, १ असारः अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।

अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको बताइएको छ । आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।

नेपाल नेत्रज्योति सङ्घको ३० आँै केन्द्रीय सभाको अधिवेशनमा सङ्घका सस्थापक प्रा डा रामप्रसाद पोखरेल, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीलाई प्रदान गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख पन्थीले आफूले कार्यपालिकाको पहिलो बैठकबाट आँखा उपचार सेवा सबै नागरिकको पहुँचमा पु¥याउने निर्णय गरेको जानकारी दिँदै अहिले नगर क्षेत्रमा आर्थिक अभावका कारण नगरवासी आँखा उपचार सेवाबाट वञ्चित हुन नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।”

उहाँका अनुसार नगरपालिकाले गुल्मी अस्पतालमा मिर्गाैलाका बिरामीको लागि डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेको छ । यसबाट हाल ४० जना बिरामी लाभान्वित भइराखेका छन् । साथै दम तथा निमोनियाका बिरामीका लागि नगरपालिकाले घर घरमा नै अक्सिजन कन्सटे«टर उपलब्ध गराइरहेको छ । यसबाट करिब २०० बिरामी लाभान्वित भएका जनाइको छ । सङ्घले सो सम्मान गोरखा नगरपालिकालाई पनि प्रदान गरेको थियो ।

समाजसेवी सापकोटा सम्मानित

सोही अवसरमा गुल्मीका समाजसेवी कृष्णहरि सापकोटालाई पनि नेत्रज्योति विशिष्ट सम्मान अर्पण गरिएको थियो । उहाँले मुसिकोट नगरपालिका वडा ७ स्थित एकरोपनी जमिन सहित जमिनमा साढेदुई तल्ला भवन बनाइ नेपाल नेत्रज्योती सङ्घ गुल्मीशाखालाई हस्तान्तरण गर्नुभएको थियो ।

यसको मूल्य करिब रु दुई करोड ५० लाख बराबर रहेको जनाइएको छ । हाल सो भवनमा सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र सञ्चालित रहेको छ ।

सो अवसरमा कोशी प्रदेशसभाका उपसभामुख दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा पन्त, महासचिव भरतबहादुर चन्द र रेसुङ्गा नगरप्रमुख पन्थीले समाजसेवी सापकोटाको सहयोगलाई सबैलाई अनुकरणीय रहेको चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह