सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै

२०८३ असार ८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नेपालगञ्ज, ८ असारः बाँकेको खजुरामा चालु आर्थिक वर्षमा २२ हजारभन्दा बढी नागरिकले आयुर्वेद सेवा लिएका छन् । खजुरा गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रका अनुसार जेठ मसान्तसम्म २२ हजार ३९४ जनाले आयुर्वेद सेवा लिएका हुन् ।

आरोग्य सेवा केन्द्रद्वारा आज खजुरामा आयोजित पत्रकारका लागि आयुर्वेद सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सेवा केन्द्रका शाखा प्रमुख किरण खनालले हरेक वर्ष आयुर्वेद सेवा लिनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । सेवा केन्द्रले नियमित रूपमा भान्सा सुधार अभिमुखीकरण कार्यक्रम, योग सेवा, पूर्वकर्म तथा पञ्चकर्म, ज्येष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी महिलालाई दुग्धवर्द्धक औषधि (शतावरी चूर्ण) वितरण, विद्यार्थी र शिक्षकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले सेवा लिनेहरूमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको जानकारी दिनुभयो । खनालले आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको आकर्षण बढ्दै गएको बताउँदै हाडजोर्नी, ग्यास्ट्रिक, पाइल्स, फिस्टुलालगायतका बिरामीले आयुर्वेद सेवा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको असर र प्रभाव देखिन केही समय लाग्न सक्छ ।” सो अवसरमा सञ्चारकर्मीसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । पत्रकार खगेन्द्र दाहाल, चन्द्र बोहरालगायतलाई गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले सम्मान गर्नुभयो ।

खजुरा-३ का कार्यवाहक अध्यक्ष देउमाया थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष विकले अहिले नसर्ने रोग चुनौतीका रूपमा रहेको बताउँदै नसर्ने रोगका बारेमा जनचेतना बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पछिल्लो समय बिस्तारै आयुर्वेद उपचार पद्धतितर्फ नागरिकको आकर्षण बढ्न थालेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले सचेतनामार्फत आयुर्वेदप्रतिको मानिसको धारणा परिवर्तन गराउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह