सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

२०८३ असार २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टक्सार (भोजपुर), २० असार : भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दुई नगरपालिका र सात वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति भोजपुरका कार्यवाहक प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष अनिशा खड्काले जिल्लालाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेल, नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवालाहरूका सहभागितामा भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले खोप तालिकामा उल्लेखित सम्पूर्ण खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताउनुभयो ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको अवधारणाले लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोपको पहुँचमा ल्याउने भएकाले आगामी दिनमा उक्त उपलब्धिलाई निरन्तर कायम राख्ने लक्ष्य लिएको स्वास्थ्यकर्मीको प्रतिवबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह