सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार

२०८३ असार २१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

देउखुरी (दाङ), २१ असारः घरछेउमै निःशुल्क स्वास्थ्य उपचार दिन थालेपछि घोराहीका महिलाको स्वास्थ्यमा सुधार हुन थालेको छ । घोराही उपमहानगरपालिका–११ शिवपुर निवासी ६० वर्षीया महिलालाई तल्लो पेट दुख्ने, ढाड, कम्मर दुख्ने समस्या भएको थियो । घरको कामले फुर्सद नभएर उहाँ अस्पताल जानुभएन ।

घर नजिकै घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा जानुभयो । त्यहाँ पुगेपछि उहाँको पाठेघरमा घाउ भएको पत्ता लाग्यो । उपचारमा गएका स्वास्थ्यकर्मीले औषधिले निको हुन्छ नआत्तिनुहोला भनी सम्झाइबुझाई गरी औषधि दिएर पठाए । घरछेउमा स्वास्थ्य सेवा पाएपछि खुसी लागेको पोखरेलले बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१३ कलमघारीका ६३ वर्षीया महिलालाई पिसाब नरोकिने, ढाड दुख्ने, जीउ दुख्ने र खान मन नलाग्ने समस्या थियो । उपचारका लागि जाने फुर्सद नभएकाले अस्पताल नगएको उहाँले बताउनुभयो । घरछेउमा आएको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि आएको र स्वास्थ्यकर्मीले औषधि दिनुभएको छ, निको हुने आशा गरेको छु”, उहाँले भन्नुभयो ।

घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा घोराहीमा पाठेघरको मुखको क्यान्सर रोगका कारण ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । समयमै स्क्रिनिङ गराउँदा सयौँले ज्यान जोगाएका छन् ।

बितेको चार वर्षको तथ्याङ्कले घोराही उपमहानगरपालिकामा ४८८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद लक्षण फेलापरेको छ । घोराही उपमहानगरपालिका स्वास्थ्य प्रवर्द्धन शाखाले १९ वटै वडामा सञ्चालन गरेको शिविर र संस्थागत परिवार नियोजन क्लिनिकबाट ४८८ महिलाको पाठेघरमा क्यान्सरको लक्षण फेलापरेको हो । महिलाहरूको स्वास्थ्य संरक्षणका लागि उपमहानगरले आर्थिक वर्ष २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि शिविर सञ्चालन गर्दै आएको छ ।

चार आर्थिक वर्षमा घोराहीले १९ वटै वडाका विभिन्न क्षेत्रमा पुगेर १६ हजार ७४१ महिलाको पाठेघर परीक्षण गर्यो । त्यही परीक्षणमा ४८८ महिलाको पाठेघरमा क्यान्सरको शङ्कास्पद लक्षण फेलापर्यो । तथ्याङ्कअनुसार आव २०७९/८० मा कुल पाँच हजार ८०९ महिलाको पाठेघर परीक्षण गरियो । तीमध्ये ११६ महिलामा क्यान्सर पोजेटिभ देखियो ।

आव २०८०/८१ मा तीन हजार ६६५ महिलाको पाठेघर जाँच गर्यो । जसमा ८८ जनाको पाठेघरमा पोजेटिभ देखियो । यस्तै आव २०८१/८२ मा पाँच हजार २६० जनामा गरिएको परीक्षणबाट १६४ जनामा शङ्कास्पद लक्षण भेटिएको थियो भने चालु आव २०८२/८३ मा दुई हजार सात जनाको पाठेघर जाँच गर्दा १२० जनामा पोजेटिभ देखिएको घोराही उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनुभयो ।

समयमै समस्या पत्ता लाग्दा खर्च पनि कम हुने र निको पनि पार्न सहज हुने कुरालाई हामीले सबै महिलाहरूलाई सजग गराउँदै जाँदा उपचारका लागि आउनेको सङ्ख्या बढेको शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।

घोराहीले अहिले गाउँघरमै पुगेर निःशुल्क शिविर चलाउने, संस्थागत परिवार नियोजन क्लिनिक र लक्ष्मीपुर स्वास्थ्यचौकीमा पाठेघरको मुखको क्यान्सर जाँच गर्ने व्यवस्था मिलाएको छ । हरेक बिहीबार संस्थागत परिवार नियोजन क्लिनिक र हरेक महिनाको पहिलो सोमबार लक्ष्मीपुर स्वास्थ्यचौकीबाट पाठेघरको मुखको क्यान्सरको जाँच भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । गम्भीर समस्या देखिए सम्बन्धित अस्पतालहरूमा रिफर गर्ने गरिएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले दैनिकजसो आफ्नो टेबुलमा क्यान्सरपीडित महिला आउन थालेपछि रोग लागेर उपचार गर्नुभन्दा रोग समयमै पत्ता लगाउने अभियान चलाएको बताउनुभयो ।

“आव २०७९/८० देखि पाठेघरको मुखको क्यान्सर जाँच अभियान थाल्यौँ”, उपप्रमुख डिसीले भन्नुभयो, “केहीलाई त बचाउन सकिएन, तर समयमै जाँच भएर उपचार गर्दा धेरैले नयाँ जीवन पाउनुभएको छ । त्यसैले पाठेघरको मुखको क्यान्सर जाँचलाई अभियानकै रूपमा आगामी दिनमा पनि सञ्चालन गछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह