सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बालबालिकालाई रोटाभाइरस विरुद्धको खोप आगामी जेठबाट शुरु हुने

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : सरकारले आगामी जेठबाट बालबालिकाहरुलाई रोटा भाइरस विरुद्धको खोप दिने भएको छ ।

देशैभर झाडापखलाको समस्या निराकरण गर्न यस्तो रोटाभाईरसको खोप दिने कार्य सुरु गर्न लागिएको हो ।

आगामी जेठबाट स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतले सो कार्य शुरु गर्ने तयारी गरेको छ ।

दादुरा र रुवेला विरुद्धको खोप फाल्गुन र चैत महिनामा सञ्चालन भएपछि रोटाभाइरसको खोप जेठबाट सञ्चालन गर्ने तयारी भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

१५ महिना भित्रका बालबालिकालाई ६ हप्ता र १० हप्तामा गरी दुईपटक दिइने गरिन्छ रोटारिक्स नामक खोप दिइने महाशाखा प्रमुख डा. झलक शर्मा गौतमले बताएका छन् ।

उनका अनुसार झाडा पखलाको मुख्य कारण रोटाभाइरस भएकोले अब १५ महिना मुनिका ६ लाख ३० हजार बढी बालबालिकालाई यो खोप दिने योजना रहेको बताए ।

नियमित खोप कार्यक्रममा अब रोटाभाइरस विरुद्धको खोप थपिएसंगै खोपको संख्या १२ पुग्ने डा. गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा डा अग्रवाल

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित