सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन

२०८३ श्रावण १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दाङ, १४ साउनः तुलसीपुरमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन उद्घाटन भएको छ । अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैँडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख  टीकाराम खड्काले आज संयुक्त रूपमा आज उद्घाटन गर्नुभयो ।

कार्यक्रममा भारतीय राजदूतावासका काउन्सिलर ब्रैँडनले राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटनमा उपस्थित हुन पाउँदा आफू उत्साहित भएको धारणा राख्नुभयो । यो उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल-भारत विकास सहयोगमार्फत भारत सरकारको अनुदानमा निर्माण गरिएको जनाउँदै यसको कार्यान्वयन तुलसीपुर उपमहानगरपालिकाले गरेको उहाँले बताउनुभयो ।

काउन्सिलर ब्रैँडनले योसँगै भारत र नेपालबीच विकास साझेदारी थप मजबुत भएको बताउनुभयो । उहाँले सन् २००३ मा सुरु भएको उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल-भारत विकास साझेदारी एक महत्वपूर्ण स्तम्भ रहेको बताउँदै उहाँले यी परियोजना स्थानीय निकायमार्फत तल्लो तहमा कार्यान्वयन गरिने धारणा राख्नुभयो । यसमा नेपाल सरकारका स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, ढल निकास, तटबन्धन, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रणलगायत प्राथमिक क्षेत्र पर्ने उहाँले बताउनुभयो ।

यो कार्यक्रम सुरु भएदेखि नेपालभर लगभग रु एक हजार ५८२ करोड लागतमा ६०० परियोजना कार्यान्वनमा आएका जानकारी दिँदै काउन्सिलर ब्रैँडनले भन्नुभयो, “यी परियोजना नेपालका ७४ जिल्लामा कार्यान्वयनमा आएका छन् । लुम्बिनी प्रदेशमा ६६ वटा सञ्चालनमा रहेकामा दाङ जिल्लामा मात्रै सात वटा परियोजना छन् । यी परियोजना सबै नेपाल सरकारले पहिचान गरी कार्यान्वयनमा आएका हुन् ।”

साथै भारत सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको बताउँदै काउन्सिलर ब्रैंडनले हालसम्ममा एक हजार ४९ एम्बुलेन्स र ३८१ स्कुल बस उपहार स्वरुप प्रदान गरिएको जानकारी दिनुभयो । “तीमध्ये लुम्बिनी प्रदेशमा १६९ एम्बुलेन्स र ५९ स्कुल प्रदान गरिएकामा दाङमा १९ एम्बुलेन्स र आठ वटा स्कुल बस प्रदान गरिएको छ”, उहाँले भन्नुभयो ।

ती सवारीसाधनले स्वास्थ्य सेवा पूर्वाधारको प्राथमिक आवश्यकता पूरा गर्नुका साथै दुर्गम क्षेत्रमा शिक्षामा पहुँच सुनिचित गर्न महत्वपूर्ण भूमिका खेलेका काउन्सिलर ब्रैँडनले विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा यस सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरप्रमुख खड्काले भारत सरकारको सहयोगमा सुविधा सम्पन्न अस्पतालको शल्यक्रिया भवन निर्माणले यस क्षेत्रका नागरिकले गुणस्तरीय सेवा पाउनेमा विश्वस्थ रहेको बताउनुभयो । आफूहरूले भवन निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरेपछि सहयोग प्राप्त भएकामा उहाँले भारतीय दूतावासमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने, लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य शङ्कर गिरी, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दलगायत वक्ताहरू दुर्गम क्षेत्रका नागरिकलाई मध्यनजर गरी भारत सरकारले सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माण गरिदिएकामा धन्यवाद दिनुभयो । भवन निर्माणसँगै अब आधुनिक शल्यक्रिया सेवा यहीँबाट प्रवाह हुने भएकाले स्थानीय नागरिक लाभान्वित हुने उहाँहरूको भनाइ छ ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख शमशेर थापाले भवन निर्माण भएसँगै आँखा स्वास्थ्यको विकास, विस्तार र हालसम्म दिइएको सेवाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

स्तन क्यान्सर समयमै पहिचान भए उपचार प्रभावकारी

स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह