सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एआईको बढ्दो मागसँगै सिंगापुरको निर्यातमा तीव्र वृद्धि

२०८३ असोज ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिंगापुर,३१ असोज (रासस/सिन्ह्वा) : कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग सम्बन्धित वस्तुको माग बढ्दा सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को सेप्टेम्बरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.४ प्रतिशतले वृद्धि भएको छ ।

सिंगापुरको सरकारी निकाय इन्टरप्राइज सिंगापुरले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, अगस्टमा पनि गैरतेल घरेलु निर्यात ४६.१ प्रतिशतले बढेको थियो ।

सेप्टेम्बरमा विद्युतीय सामग्रीको निर्यात १०७.६ प्रतिशतले बढेको छ । कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित वस्तुको बलियो मागले यस वृद्धिलाई सहयोग पुर्‍याएको हो । यसैगरी, गैरविद्युतीय सामग्रीको निर्यात ५४.२ प्रतिशतले वृद्धि भएको छ ।

गैरतेल पुनःनिर्यात पनि सेप्टेम्बरमा अघिल्लो वर्षको तुलनामा ४७.८ प्रतिशतले बढेको छ । अगस्टमा यस्तो निर्यात ५३.२ प्रतिशतले वृद्धि भएको थियो ।

पुनःनिर्यातअन्तर्गत विद्युतीय सामग्रीको निर्यात ६४.२ प्रतिशत र गैरविद्युतीय सामग्रीको निर्यात २२.१ प्रतिशतले बढेको विवरणमा उल्लेख छ ।

यसैबीच, सिंगापुरको कुल वस्तु व्यापार सेप्टेम्बरमा ५०.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो महिना अगस्टमा यस्तो वृद्धि ४४.४ प्रतिशत थियो । सेप्टेम्बरमा निर्यात र आयात दुवैमा वृद्धि भएको इन्टरप्राइज सिंगापुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत