सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

२०८३ असोज ३१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ३१ असोज (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गर्नुभएको छ । गत महिना कानून बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसको ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ ।

मृतक अमेरिकी सिनेटरको नाममा राखिएको लिन्डसे ग्राहम ऐनले रुसी तेल र ग्यासका प्रमुख खरिदकर्तामाथि १०० प्रतिशतसम्म शुल्क लगाउने अधिकार राष्ट्रपति ट्रम्पलाई दिएको थियो । कार्यकारी आदेशमा उहाँले ऐनको धारा ४ मा उल्लेख गरिएका प्रतिबन्ध तथा शुल्क लागू नगर्ने निर्णय गरेको जनाइएको छ ।

उक्त कानूनले रुसको ऊर्जा र रक्षा क्षेत्र, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा अन्य वरिष्ठ अधिकारीलाई लक्षित गरेको थियो । पश्चिमी प्रतिबन्ध छल्न प्रयोग गरिने मस्कोको ट्याङ्करहरूको कथित ‘छाया जहाज बेडा’ पनि यसको निशानामा परेको थियो ।

अमेरिकी प्रतिबन्धबाट राहत दिने बदलामा रुसी डिजेल निर्यातलाई अनुमति दिने विषयमा राष्ट्रपति पुटिनसँग ट्रम्पले गर्नुभएको विवादास्पद सम्झौतापछि यो निर्णय आएको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पको निर्णयलाई ‘कमजोर निर्णय’ भन्दै आलोचना गर्नुभएको छ । युक्रेनी सेनाले रुसी तेल प्रशोधन केन्द्रमाथि पुनः आक्रमण सुरु गरेपछि उक्त सम्झौतापछि किएभ र वासिङ्टनबीचको सम्बन्धसमेत खस्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत