सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जेलेन्स्की र रुबियोबीच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल

२०८३ कार्तिक ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, ३ कात्तिक (रासस÷सिन्ह्वा)ः युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले बताउनुभएको छ ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वार्ताका क्रममा ब्यालेस्टिक मिसाइल रोक्ने प्रतिरक्षा प्रणाली उपलब्ध गराउने, रुसी ब्यालेस्टिक मिसाइल आक्रमणबारे पूर्वसूचना दिने व्यवस्था गर्ने तथा स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउने आवश्यकताबारे कुराकानी भएको जानकारी दिनुभएको छ ।

त्यसैगरी, जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि दुवै नेताबीच छलफल भएको उहाँले उल्लेख गर्नुभयो ।

जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न देखाएको तत्परता र स्पष्ट अडानका लागि रुबियोलाई धन्यवाद दिनुभएको छ । उहाँले टेलिफोन वार्तालाई ‘अर्थपूर्ण’ र ‘रचनात्मक’ भएको बताउनुभएको छ ।

दुवै नेताले पछिल्लो अवस्थाबारे जानकारी आदानप्रदान गर्न छिट्टै पुनः कुराकानी गर्ने सहमति पनि जनाएका छन् ।

यसअघि आइतबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरसँग शान्ति प्रक्रियाका विषयमा छलफल गर्नुभएको थियो । रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल जारी रहेका बेला युक्रेनले आफ्नो रक्षा क्षमता सुदृढ गर्न अमेरिकासँग सहयोग मागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत