सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

२०८३ कार्तिक ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

क्यानबेरा, ४ कात्तिक (रासस/सिन्ह्वा): अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् ।

अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार, प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् ।

यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको वित्तीय प्रतिवेदन तोकिएको समयसीमा अर्थात् अक्टोबर ३१ भित्र बुझाउनुपर्ने थियो । तर, प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि उनीहरूलाई जरिवाना गरिएको आयोगले जनाएको छ ।

जरिवाना तिर्ने कम्पनीहरूमा भिसी इन्डस्ट्रिज अस्ट्रेलिया, भिसी प्याकेजिङ र प्राट कन्सोलिडेटेड होल्डिङ्सलगायत रहेका छन् ।

आयोगकी आयुक्त केट ओरुर्कले यस कारबाहीले वित्तीय प्रतिवेदनसम्बन्धी नियम पालना गराउन नियामक निकाय प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको बताउनुभयो ।

वित्तीय प्रतिवेदन समयमै बुझाउनु कम्पनीहरूको नियामकीय दायित्व हो । यस कारबाहीमार्फत आयोगले निर्धारित समयसीमाको पालना सुनिश्चित गर्न र कम्पनीहरूलाई जवाफदेही बनाउन खोजेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत