सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी

२०८३ कार्तिक ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, ५ कात्तिक (रासस\एपी) : गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । जनमत सर्वेक्षणले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन् । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुनेछ ।

सतहत्तर वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभएका नेता हुनुहुन्छ । समर्थकहरूले उहाँको सुरक्षा र आर्थिक अनुभव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई महत्त्व दिन्छन् । तर, विरोधीहरूले सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणअघि सुरक्षा कमजोरी हुन दिएको र त्यसपछिको युद्ध व्यवस्थापनमा असफल भएको आरोप लगाउँछन् । उहाँले युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा ठगी र घुससम्बन्धी आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

छैसठ्ठी वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोट मध्यमार्गी विकल्पका रूपमा प्रस्तुत हुनुभएको छ । गाजाको युद्धमा उहाँका छोरा र दुई भतिजाको मृत्यु भएको थियो । नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा काम गर्नुभएका उहाँले स्पष्ट रणनीति नभएको भन्दै आठ महिनापछि राजीनामा दिनुभएको थियो । सुरक्षा नीतिमा भने उहाँ कडा मानिनुहुन्छ ।

पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धनमा हुनुहुन्छ । उहाँ प्यालेस्टिनी स्वतन्त्रताको विरोध र पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्नुहुन्छ । सन् २०२१ मा उहाँले वामपन्थी तथा अरब दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर अति दक्षिणपन्थी नेता हुनुहुन्छ । उहाँ प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र बसाइँसराइ गराउने र त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने प्रस्तावका कारण विवादमा हुनुहुन्छ । उहाँको पार्टीले अघिल्लो निर्वाचनमा राम्रो प्रदर्शन गरेपछि नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी प्रभाव बढेको थियो ।

यसैगरी, ५२ वर्षीय मन्सुर अब्बास अरब नेतृत्वको राम पार्टीका नेता हुनुहुन्छ । उहाँले अरब समुदायमा अपराध नियन्त्रणजस्ता स्थानीय मुद्दालाई प्राथमिकता दिँदै आउनुभएको छ । सन् २०२१ मा उहाँको पार्टी इजरायली सरकारमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत