सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उत्तर कोरियाले सीमामा प्रचार प्रसारण थाल्ने

२०८३ कार्तिक ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, ५ कात्तिक (रासस/एपी) : उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ । नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा सैनिक किल्ला निर्माण र बारुदी सुरुङ विस्फोटलाई लिएर तनाव बढिरहेका बेला यस्तो घोषणा गर्नुभएको हो ।

किम यो जोङले बिहीबार जारी वक्तव्यमा केही दिनभित्रै सीमामा लाउडस्पीकर तयारी अवस्थामा राखिने र अक्टोबरभित्रै मनोवैज्ञानिक युद्धका लागि सञ्चालन गरिने बताउनुभयो । दक्षिण कोरियाले उक्साहट गरे कडा प्रतिकार गर्ने चेतावनी दिँदै उहाँले आफ्ना दाजुको सीमालाई अभेद्य बनाउने नीतिलाई समर्थन गर्नुभयो ।

उत्तर कोरियाले सीमामा बारुदी सुरुङ, काँडेतार र ट्याङ्क रोक्ने अवरोध थपिरहेको छ । सेप्टेम्बर २१ मा भएको सीमा विस्फोटका लागि दक्षिण कोरियाले उत्तरले बिछ्याएका सुरुङलाई जिम्मेवार ठहर गर्दै माफी माग्न र बाँकी सुरुङ हटाउन आग्रह गरेको थियो । तर प्योङयाङले संलग्नता अस्वीकार गर्दै आएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाली सैनिकले यस वर्ष किल्ला निर्माणका क्रममा ५० पटक सीमारेखा पार गरेका छन् । दक्षिण कोरियाले चेतावनी गोली चलाउनुका साथै लाउडस्पीकरबाट प्रसारण गरेको जनाएको छ । उत्तर कोरियाले भने सीमा उल्लङ्घनको आरोप अस्वीकार गरेको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चुङ बिन्नाले उत्तर कोरियाको गतिविधिको जवाफमा अनुपातिक कदम चालिने बताउनुभयो । संयुक्त सेना प्रमुख जिन योङ–सुङले पनि उत्तर कोरियाबाट हुन सक्ने उक्साहटको कडा जवाफ दिन सेनालाई निर्देशन दिनुभएको छ ।

शीतयुद्धकालीन मनोवैज्ञानिक युद्धको माध्यम मानिने लाउडस्पीकर प्रसारण दुवै कोरियाले विगतमा तनावका बेला प्रयोग गर्दै आएका छन् । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङको सरकारले उत्तरसँग सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप गत वर्ष सीमामा यस्तो प्रसारण रोकेको थियो । तर उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँगको कूटनीति र सहयोग अन्त्य गर्दै त्यसलाई स्थायी शत्रु घोषणा गर्नुभएको छ । अमेरिकासँगको आणविक वार्तामा पनि वर्षौंदेखि गतिरोध कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत