सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दक्षिण क्यारोलिनामा ग्राहमका लागि ट्रम्पको प्रचार

२०८३ कार्तिक ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पेन्डलटन (दक्षिण क्यारोलिना), ५ कात्तिक (रासस÷एपी) ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्यारोलिनाको सिनेट निर्वाचनमा रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमको पक्षमा चुनावी प्रचार तीव्र बनाउनुभएको छ । दिवङ्गत सिनेटर लिन्डसे ग्राहमकी बहिनी डार्लिनलाई जिताउन उहाँले बुधबार चुनावी सभालाई सम्बोधन गर्नुभयो । परम्परागत रूपमा रिपब्लिकनको पकड रहेको यस राज्यमा डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले चुनौती बढाइरहनुभएको छ ।

ट्रम्पले डार्लिनलाई सक्षम उम्मेदवार भन्दै मत माग्नुभयो र एन्ड्र्युजलाई अतिवादीको संज्ञा दिनुभयो । रिपब्लिकनहरूले एन्ड्र्युजले ट्रान्सजेन्डर किशोरकिशोरीका लागि शल्यक्रियालाई समर्थन गरेको आरोप लगाएका छन् । एन्ड्र्युजले भने उक्त आरोप अस्वीकार गर्दै रिपब्लिकन नीतिले अर्थतन्त्र र परिवारको आर्थिक अवस्था कमजोर बनाएको दाबी गर्नुभएको छ ।

लिन्डसेको गत जुलाईमा मृत्यु भएपछि डार्लिनलाई सिनेटमा नियुक्त गरिएको थियो । तर, राजनीतिक अनुभव कम भएको भन्दै उहाँको योग्यतामाथि प्रश्न उठेको छ । ताइवानसम्बन्धी अमेरिकी नीतिबारे प्रश्न गर्दा राष्ट्रिय सुरक्षाबारे आफू त्यति जानकार नभएको उहाँको स्वीकारोक्तिले पनि आलोचना बढाएको थियो ।

निर्वाचन अभियानमा तीन करोड ४० लाख अमेरिकी डलरभन्दा बढी खर्च भइसकेको छ । एन्ड्र्युजको अभियानले गति लिएपछि रिपब्लिकन समर्थित समूहहरूले ग्राहमको पक्षमा लाखौँ डलर खर्च गरेका छन् । यद्यपि, रुसमाथि लगाइएका प्रतिबन्धबाट छुट दिने ट्रम्पको निर्णयलाई लिएर उहाँ र सिनेटरबीच मतभेद देखिएको छ ।

दुवै उम्मेदवारले एकमात्र प्रत्यक्ष बहसमा स्वास्थ्य सेवासहित विभिन्न विषयमा मतभेद व्यक्त गर्दै एकअर्काको अनुभव र योग्यतामाथि प्रश्न उठाएका थिए । एन्ड्र्युजले सबैले खर्च धान्न सक्ने दक्षिण क्यारोलिना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने ग्राहमले दाजुको मृत्युपछि जिम्मेवारी निर्वाह गर्नु आफ्नो क्षमता र दृढताको प्रमाण भएको बताउनुभएको छ ।

सन् २०२० मा लिन्डसे ग्राहमले डेमोक्रेटिक उम्मेदवार जेमी ह्यारिसनलाई १० प्रतिशत अङ्कको अन्तरले पराजित गर्नुभएको थियो । यसपटक एन्ड्र्युजका समर्थकहरूले बढ्दो महँगी र आर्थिक कठिनाइले मतदातामा असन्तुष्टि बढाएको भन्दै डेमोक्रेटहरूले भविष्यमा राज्यमा सफलता हासिल गर्न सक्ने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत