सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

२०८३ कार्तिक ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रियाद, ७ कात्तिक (रासस/एएफपी):यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ ।

साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन् । इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन् ।

साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत गराउन पूर्वचेतावनी प्रणालीसमेत सक्रिय पारिएको थियो ।

गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले सामाजिक सञ्जाल एक्समार्फत हुथी विद्रोहीहरूले रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको जानकारी दिनुभएको छ ।

यसअघि शनिबार नै अल–माल्कीले साउदी अरबको पूर्वी प्रान्तमा एउटा ड्रोनलाई पनि बीचमै रोकेर खसालिएको बताउनुभएको थियो ।

साउदी अरबमाथि आक्रमण तीव्र

यस महिना साउदी अरबमाथि इरान समर्थित समूहबाट लगातार आक्रमण भएका छन् । तीमध्ये रियादको अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमण पनि समावेश छ, जुन पछिल्ला केही वर्षयताकै घातक आक्रमणमध्ये एक रहेको बताइएको छ ।

साउदी अरबले हुथी विद्रोहीहरूलाई साउदीविरुद्धका आक्रमण तीव्र पार्न इरानले उक्साएको आरोप लगाउँदै आएको छ । तर इरानले भने हुथीहरूको आक्रमणमा आफ्नो सङ्लग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ ।

यमनमा पुनः चर्कियो द्वन्द्व

चार वर्षसम्म कायम रहेको तर अस्थिर युद्धविरामपछि जुलाईमा यमनमा पुनः लडाइँ सुरु भएको थियो । अमेरिका र इरानबीच जारी द्वन्द्वका बीच यमनको अवस्था थप जटिल बन्दै गएको छ, जसले समग्र मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्थामाथि चिन्ता बढाएको छ ।

वर्षौँदेखि जारी द्वन्द्वका कारण यमनले ठूलो मानवीय क्षति बेहोर्दै आएको छ । विश्वका सबैभन्दा गरिब मुलुकमध्ये एक यमनमा द्वन्द्वका कारण लाखौँ मानिस प्रभावित भएका छन् र देशले गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी लाइबेरियामा

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

यमन र आसपासका क्षेत्रमा बढ्दो सैन्य तनावप्रति राष्ट्रसंघको गहिरो चिन्ता

युरेनियम विवादले इरान–अमेरिका वार्ता ठप्प

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

हर्मुजमा पौडी खेलेर युद्धको असर उजागर

फिलिपिन्समा विमानको आपत्कालीन अवतरण, सबै सुरक्षित

इरानमाथि थप सैन्य कारबाही रोक्ने प्रस्ताव अमेरिकी सिनेटबाट अस्वीकृत