सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, १९ कात्तिक (रासस/एएफपी) :अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ । हारले उपराष्ट्रपति जे.डी. भान्सको सम्भावना कमजोर बनाएको छ भने डेमोक्रेटिक पार्टीका युवा नेता जोन ओसोफको चर्चा बढाएको छ ।

रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवार भान्स ट्रम्पसँग निकट रहेकाले मध्यावधिको पराजयको राजनीतिक असर भोग्नुपर्ने जोखिममा हुनुहुन्छ । उहाँले इरानविरुद्धको अलोकप्रिय युद्धलाई हारको कारण बताउँदै आफूलाई त्यसबाट अलग देखाउन खोज्नुभएको छ । विदेशमन्त्री मार्को रुबियो, फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका सिनेटर टेड क्रुज पनि सम्भावित दाबेदारका रूपमा चर्चामा हुनुहुन्छ । तर, ट्रम्प प्रशासनका अधिकारीहरूलाई इरान युद्धको प्रभावबाट अलग रहन कठिन हुने विश्लेषण गरिएको छ ।

डेमोक्रेटिक पार्टीमा जर्जियाका ३९ वर्षीय सिनेटर जोन ओसोफको पुनःनिर्वाचनले उहाँको राष्ट्रपतीय उम्मेदवारीबारे चर्चा बढाएको छ । उहाँले दौडमा रुचि नरहेको बताउनुभए पनि युवा छवि र विजयले पार्टीभित्र प्रभाव बढाएको छ । उहाँको तुलना पूर्वराष्ट्रपति बाराक ओबामासँगसमेत हुन थालेको छ ।

पूर्वउपराष्ट्रपति कमला ह्यारिस, पेन्सिलभेनियाका गभर्नर जोश शापिरो र क्यालिफोर्नियाका निवर्तमान गभर्नर गेभिन न्यूसम पनि सम्भावित उम्मेदवार हुनुहुन्छ । यद्यपि, पार्टीभित्र नयाँ अनुहारलाई अवसर दिनुपर्ने मतसमेत बलियो छ । न्युयोर्ककी सांसद अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज, सिकागोका पूर्वमेयर रहम इमानुएल, इलिनोइसका गभर्नर जेबी प्रिट्जकर, केन्टकीका गभर्नर एन्डी बेशियर र एरिजोनाका सिनेटर मार्क केलीको नाम पनि चर्चामा छ ।

सन् २०१६ र २०२४ मा ट्रम्पलाई सत्तामा पु¥याएको ‘मागा’ गठबन्धन मध्यावधिमा कमजोर बनेपछि रिपब्लिकन पार्टीमा नेतृत्वको उत्तराधिकार थप अनिश्चित भएको छ । निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल