सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ओटावा, १९ कात्तिक (रासस\एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री मार्क कार्नी सरकारले बिहीबार प्रस्तुत गरेको बजेटलाई ‘आफ्नो भविष्यको निर्णय आफैँ गर्ने’ योजनाका रूपमा अघि सारेको छ । उहाँले क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने सम्भावना नरहेको बताउनुभएको छ ।

अर्थमन्त्री फ्राँस्वा–फिलिप शाम्पेनका अनुसार बजेटको मुख्य उद्देश्य घरेलु व्यापार प्रवद्र्धन र अन्तर्राष्ट्रिय साझेदारी विविधीकरण गर्नु हो । बजेटले ऊर्जा उत्पादन, महत्त्वपूर्ण खनिज उत्खनन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै अमेरिकी भन्सार शुल्कबाट प्रभावित अटोमोबाइल तथा स्टिल उद्योगका श्रमिकलाई सहयोग गर्ने योजना अघि सारेको छ ।

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय भोगेपछि क्यानाडामाथि लगाइएका भन्सार शुल्कको भविष्य थप अनिश्चित बनेको छ । डेमोक्रेटिक पार्टीका सांसद जेमी रास्किनले आफ्नो पार्टीले शुल्क हटाउने र क्यानाडासँगको सम्बन्ध सुधार्ने बताउनुभएको छ । तर, क्यानाडाका व्यापारमन्त्री डोमिनिक लेब्लाङ्कले शुल्कसम्बन्धी वार्ता अमेरिकी कङ्ग्रेससँग नभई ह्वाइट हाउससँग हुने स्पष्ट पार्नुभएको छ ।

कार्नी र ट्रम्पले व्यापार सम्झौताको सम्भावनाप्रति आशा व्यक्त गरे पनि यसअघिका वार्ता अवरुद्ध भएका थिए । सरकारले बजेट घाटा गत वर्ष अनुमान गरिएको ७८.३ अर्ब क्यानाडाली डलरभन्दा कम रहने अपेक्षा गरेको छ । यसअघि बजेट पारित गर्न विपक्षीको सहयोग आवश्यक परेको लिबरल पार्टीले अहिले संसद्मा बहुमत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल