सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युद्धविराम प्रयासबारे बोल्दै मेलानिया ट्रम्प

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, १९ कात्तिक (रासस/एएफपी) : अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्नुहुने भएको छ । ह्वाइट हाउसका अनुसार उहाँले युक्रेनको ओलेस्की र आसपासको खेरसन क्षेत्रमा युद्धविराम कायम गर्ने प्रयासमा स्वतन्त्र रूपमा संलग्नता जनाउनुभएको छ ।

प्रथम महिलाको कार्यालयले जारी गरेको विज्ञप्तिमा उहाँले रुस र युक्रेनका प्रतिनिधिहरूलाई ह्वाइट हाउसमा एकै ठाउँमा ल्याउने पहल गरिरहेको उल्लेख छ । उहाँले बिहीबार बिहान ११ बजे (१६०० जीएमटी) सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरसँग डेढ घण्टा लामो विस्तृत छलफल भएको जानकारी दिनुभएको थियो । उहाँका अनुसार अर्को साता पनि वार्ता जारी रहनेछ ।

यसअघि बुधबार नै जेलेन्स्कीले रुसको नियन्त्रणमा रहेको सहरबाट सर्वसाधारणलाई सुरक्षित रूपमा बाहिर निकाल्न आंशिक युद्धविराम गराउन भूमिका खेलेको भन्दै मेलानियालाई ‘अर्डर अफ प्रिन्सेस ओल्गा’ प्रथम श्रेणीको राष्ट्रिय सम्मान प्रदान गर्ने घोषणा गर्नुभएको थियो । युक्रेनी राष्ट्रपतिको वेबसाइटमा प्रकाशित आदेशमा उहाँको मानवीय सहयोग, मानव अधिकार तथा परोपकारी कार्यमा पु¥याएको योगदानको प्रशंसा गरिएको छ ।

गत महिना मेलानियाको पहलमा दक्षिणी मोर्चाको ओलेस्की क्षेत्रमा स्थानीय युद्धविराम घोषणा गरिएको थियो । खाद्यान्न र औषधिको अभाव झेलिरहेका त्यहाँका बासिन्दालाई सुरक्षित रूपमा बाहिर जान दिन युक्रेनी र रुसी सेनाबीच सहमति भएको थियो । दुवै पक्षले पालना गरेको उक्त दुर्लभ युद्धविरामका कारण सडक खाली गर्न र सर्वसाधारणलाई युक्रेन वा रुसतर्फ जान सहज भएको थियो ।

मेलानियाको कार्यालयले यसलाई अमेरिकी प्रथम महिलाबाट भएको अभूतपूर्व कूटनीतिक पहल भनेको छ । उहाँ रुस लगिएका युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने प्रयासमा पनि संलग्न रहँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल