सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२०८३ कार्तिक २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २० कात्तिक (रासस/एएनआई) : मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले अमेरिकी कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलबाट आउने विधेयक रोक्न राष्ट्रपतीय भिटो अधिकार प्रयोग गर्ने सङ्केत गर्नुभएको छ । उहाँले बिहीबार ह्वाइट हाउसस्थित ओभल अफिसको ऐतिहासिक रिजोल्युट डेस्कमा ‘भिटो’ लेखिएको ठूलो रातो टोपी प्रदर्शन गर्नुभएको हो ।

ओभल अफिस र मन्त्रिपरिषद् कक्षलाई पुरातन वस्तु ऐनअन्तर्गत राष्ट्रिय स्मारकका रूपमा संरक्षण गर्ने घोषणापत्रमा हस्ताक्षर गर्ने क्रममा उहाँले उक्त टोपी प्रदर्शन गर्नुभएको थियो । यसअघि पनि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘भिटो’ लेखिएको रातो टोपीसहितको तस्बिर सार्वजनिक गर्नुभएको थियो ।

फक्स न्युजसँग कुरा गर्दै उहाँले राष्ट्रपतीय भिटो अमेरिकी राष्ट्रपतिका शक्तिशाली संवैधानिक अधिकारमध्ये एक भएको बताउनुभएको थियो । विपक्षी दलले आफूलाई अस्वीकार्य विधेयक ल्याए त्यसलाई भिटो गर्ने उहाँको चेतावनी थियो । यद्यपि, आगामी दुई वर्ष सबै विधेयकमा भिटो लगाएर बिताउने आफ्नो चाहना नरहेको उहाँले पोलिटिकोसँग बताउनुभएको छ ।

डेमोक्रेटहरूको विजयपछि ट्रम्प प्रशासनमाथि कङ्ग्रेसको निगरानी, अनुसन्धान र सुनुवाइ बढ्ने तथा राष्ट्रपतिका न्यायिक र मन्त्रिपरिषद्सम्बन्धी नियुक्ति रोक्न सक्ने सम्भावना छ ।

भारतीय मूलका अमेरिकी सांसद रो खन्नाले निर्वाचन परिणामलाई ट्रम्पप्रतिको ठूलो जनअस्वीकृतिको संज्ञा दिनुभएको छ । उहाँले डेमोक्रेटहरूले प्रतिनिधिसभामा २५० भन्दा बढी सिट जित्न सक्ने दाबी गर्दै मतदाताको मुख्य चिन्ता बढ्दो जीवनयापन खर्च र जारी युद्ध रहेको बताउनुभयो । स्वास्थ्य सेवा, बाल हेरचाह र दैनिक उपभोग्य वस्तुको खर्च घटाउने विषयलाई डेमोक्रेटहरूले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिले कङ्ग्रेसबाट पारित विधेयकमा भिटो लगाउन सक्नुहुन्छ । तर त्यसलाई उल्ट्याउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल