सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसङ्घको माग

२०८३ कार्तिक २०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

न्युयोर्क, २० कात्तिक (रासस/सिन्ह्वा) :यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसङ्घले माग गरेको छ । हिरासतमा रहेका राष्ट्रसङ्घीय कर्मचारी मोहम्मद अल शमीको मृत्यु भएपछि बन्दीहरूको सुरक्षा, स्वास्थ्य र उपचारबारे चिन्ता व्यक्त गर्दै राष्ट्रसङ्घले उनीहरूको अवस्थाबारे विश्वसनीय जानकारी दिन पनि आग्रह गरेको छ ।

महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले हिरासतमा रहेका कर्मचारीलाई आवश्यक उपचार उपलब्ध गराउन र परिवारसँग नियमित सम्पर्क गर्न दिनुपर्ने बताउनुभएको छ । उहाँले अल शमीको मृत्युको मिति, कारण र परिस्थितिबारे स्वतन्त्र, निष्पक्ष तथा पारदर्शी अनुसन्धान गरी जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अल शमीको शव गत साता परिवारलाई बुझाइएको थियो । परिवारका अनुसार उहाँको मृत्यु करिब एक महिनाअघि भए पनि त्यसबारे जानकारी हालै मात्र दिइएको थियो । हुथी हिरासतमा मृत्यु हुने उहाँ दोस्रो राष्ट्रसङ्घीय कर्मचारी हुनुहुन्छ ।

सन् २०२४ जुनमा हुथीहरूको धरपकडका क्रममा अल शमीसहित १३ जना राष्ट्रसङ्घीय कर्मचारी पक्राउ परेका थिए । हाल हुथी नियन्त्रणमा १०० भन्दा बढी कर्मचारी स्वेच्छाचारी रूपमा हिरासतमा रहेको विश्वास गरिएको छ । राष्ट्रसङ्घले उनीहरूको अवस्था, उपचार र सुरक्षाबारे तत्काल प्रमाणित जानकारी उपलब्ध गराउन पनि माग गरेको छ ।

यसैबीच, राष्ट्रसङ्घका अनुसार यमनमा जारी हिंसाका कारण ताइज प्रान्तमा मात्रै करिब एक लाख ३५ हजार मानिस विस्थापित भएका छन् । राष्ट्रसङ्घले द्वन्द्व प्रभावित नागरिकको सुरक्षा र विस्थापित समुदायसम्म सुरक्षित तथा निर्बाध मानवीय सहायता पु¥याउन सबै पक्षसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल