सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

२०८३ कार्तिक २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, २१ कात्तिक (रासस/एपी):युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन् । गत फेब्रुअरीमा जेनेभामा भएको पछिल्लो वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो ।

शान्ति पहललाई समर्थन गरिरहेका पश्चिमी राष्ट्रहरूले क्षेत्रीय तथा सुरक्षा सम्बन्धी मुद्दाहरू अझै समाधान हुन नसकेको स्वीकार गर्दै वार्ताको गतिरोध अन्त्य गर्ने उपाय खोजिरहेका छन् ।

राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार, रातभरि किएभमा भएका रुसी क्षेप्यास्त्र आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ । आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् र खानेपानी आपूर्तिमा थप अवरोध सिर्जना भएको छ ।

किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताउनुभएको छ । उहाँले राजधानीको ऊर्जा आपूर्तिको अवस्था अत्यन्तै कठिन बनेको र त्यसबाट सहरको ताप तथा खानेपानी आपूर्ति प्रणाली प्रभावित भएको जानकारी दिनुभएको छ ।

यसैबीच, दक्षिणी युक्रेनको कोमिशुभाखा गाउँमा उद्धार तथा पुनःस्थापनाका काम जारी छन् । सोमबार उक्त गाउँमा रुसी निर्देशित बमहरू पूर्वविद्यालय भवन र नजिकैको आश्रयस्थलमा खस्दा ठूलो क्षति भएको थियो । आक्रमणका बेला स्थानीय बासिन्दाहरू त्यहाँ मानवीय सहायताको प्रतीक्षामा थिए ।

सहायता वितरण केन्द्रका रूपमा प्रयोग भइरहेको पूर्वविद्यालय भवनमा भएको उक्त आक्रमणमा ५५ जनाको मृत्यु भएको थियो । शनिबार बिहान थप दुई जनाको शव फेला परेको छ भने दर्जनौँ मानिस अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल