सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पाकिस्तान चिनियाँ अन्तरिक्ष मिसनमा सामेल हुने

२०८३ कार्तिक २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, २१ कात्तिक (रासस/एएफपी): पाकिस्तानी अन्तरिक्ष यात्री चीनको अन्तरिक्ष स्टेशन मिशनमा जानुहुने भएको छ । उहाँ चीनको अर्को कक्ष मिशनमा सामेल हुनुहुनेछ ।

पाकिस्तान र चीन नजिकका कूटनीतिक तथा रणनीतिक साझेदार हुन् । सन् २०२५ को फेब्रुअरीमा दुवै देशले पाकिस्तानी अन्तरिक्ष यात्रीहरूका लागि चिनियाँ सरकारको तालिम कार्यक्रम सुरु गर्ने सम्झौता गरेका थिए ।

चीनको अन्तरिक्ष निकाय (सीएमएसए) ले सामाजिक सञ्जालमा जनाए अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री शेनझोउ–२४ दलका साथ उडान गर्नुहुनेछ । भनाइमा प्रस्थानको मिति उल्लेख गरिएको छैन, तर यो मिशन यस वर्षको अन्त्यसम्ममा हुने अपेक्षा गरिएको छ ।

सीएमएसएका अनुसार पाकिस्तानी अन्तरिक्ष यात्री (पेलोड विशेषज्ञ) छोटो कक्ष उडानमा सामेल हुनुहुनेछ र मे महिनामा तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा डक भएको शेनझोउ–२३ अन्तरिक्षयानसँगै फर्कनुहुनेछ ।

सीएमएसएले पाकिस्तानी दल सदस्यको नाम खुलाएको छैन। तर अप्रिलमा मुहम्मद जीशान अली र खुर्रम दाउद नामका अन्तरिक्ष यात्रीहरूलाई चीनमा तालिम सुरु गर्न छानिएको बताएको थियो ।

बेइजिङले हालका वर्षहरूमा आफ्नो अन्तरिक्ष कार्यक्रममा ठूलो लगानी गरेको छ। यसले मुख्य प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाको बराबरी गर्दै सन् २०३० सम्म चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने लक्ष्य राखेको छ ।

पाकिस्तान यसका लागि स्वाभाविक साझेदार हो। दुवै देश आफ्नो दशकौँ पुरानो ‘सबै समय’ मित्रताको प्रायः चर्चा गर्छन्। चीन पाकिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख विदेशी लगानीकर्ता हो ।

सिन्ह्वा न्यूज एजेन्सीले दावी पुष्टि गर्दै भनेको छ, “सन् २०२५ को सम्झौताअनुसार चीनमा तालिमपछि पाकिस्तानी अन्तरिक्ष यात्रीहरूले ‘आउँदा केही वर्ष’ चिनियाँ सहकर्मीहरूसँग छोटो अवधिका अभियानमा सामेल हुनेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल