सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला

२०८३ कार्तिक २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हाइकोउ, २२ कात्तिक (रासस/सिन्ह्वा): दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

हाइनान नर्मल युनिभर्सिटी र अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा उक्त प्रजाति फेला पारेका हुन् । नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ–टोड फ्रग’ नाम दिइएको छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदन जनावरहरूको वर्गीकरणसम्बन्धी अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशित भएको छ ।

अनुसन्धान टोलीले सन् २०२४ देखि २०२६ सम्म निकुञ्जमा गरेको स्थलगत सर्वेक्षणका क्रममा नयाँ प्रजाति पहिचान गरेको हो । यसको शारीरिक बनावट, आणविक तथा आनुवंशिक विश्लेषण र अन्य ज्ञात प्रजातिसँगको तुलनाका आधारमा नयाँ प्रजाति भएको पुष्टि गरिएको हो ।

अनुसन्धानअनुसार यो भ्यागुता समुद्री सतहबाट ३५० देखि ९५० मिटर उचाइमा रहेका उष्णकटिबन्धीय वर्षावनमा पाइन्छ । सदाबहार चौडा पात भएका रूखहरू यसको प्रमुख बासस्थान हुन् ।

हाइनान नर्मल युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका डिन वाङ जिचाओले यो खोज राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भइरहेको जैविक विविधता सर्वेक्षणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार यसले हाइनान टापुमा उभयचर जीवको विविधता थप विस्तार गरेको छ ।

सन् २०२१ मा स्थापना भएको हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्ज चीनको महत्वपूर्ण जैविक विविधता संरक्षण क्षेत्र हो । निकुञ्ज प्रशासनका अनुसार पछिल्ला पाँच वर्षमा यहाँ वनस्पति र वन्यजन्तुका ९० भन्दा बढी नयाँ प्रजाति फेला परेका छन् ।

निकुञ्जले हाइनानको ९५ प्रतिशतभन्दा बढी प्राथमिक वन र ५५ प्रतिशतभन्दा बढी प्राकृतिक वनको प्रभावकारी संरक्षण गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल