सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इजरायली अरब पार्टीहरूको रोजाइमा नेतन्याहूभन्दा आइजेनकोट

२०८३ कार्तिक २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरूसेलम, २२ कात्तिक (रासस/एएफपी): इजरायलमा नयाँ सरकार गठनको अभ्यासका बीच अरब राजनीतिक दलहरूले पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई समर्थन गर्ने निर्णय गरेका छन् । राष्ट्रपति आइज्याक हर्जोगले पनि उहाँलाई सरकार गठनका लागि आमन्त्रण गर्नुभएको छ।

गादी आइजेनकोटसँग नयाँ सरकार गठन गर्न अब २८ दिनको समय हुनेछ, जसमा सम्भावित १४ दिनको म्याद थपिएको छ ।

इजरायलको १२० सदस्यीय संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिन्छ भने छ राजनीतिक दलका ६७ सांसदले आइजेनकोटलाई समर्थन गर्ने बताइएको छ ।

उता बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको गठबन्धनलाई बहुमतको भन्दा निकै कम समर्थन छ । यही कारण राष्ट्रपतिले उहाँलाई सरकार गठनका लागि पहिलो मौका दिनुभएन ।

तर, प्यालेस्टाइन समर्थक परिधिमा पनि आइजेनकोटको नीतिमाथि प्रश्न उठेको छ । उहाँ नेतान्याहूको युद्ध क्याबिनेटको हिस्सा हुनुहुन्छ र प्यालेस्टाइन मुद्दामा उहाँको नीतिलाई पनि कडा मानिन्छ ।

आइजेनकोटलाई समर्थन किन?

दुवैको कट्टरपन्थी अडानका बाबजुद अरब राजनीतिक दलहरूले किन आइजेनकोटलाई समर्थन गरे यो बिषय रोचक बनेको छ। यो उनीहरूको लामो समयदेखि सत्तामा रहेका नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्य हुनसक्छ ।

वास्तवमा अरब पार्टीहरूको यो निर्णयलाई आइजेनकोटको नीतिसँग सहमत हुनुभन्दा पनि नेतान्याहूलाई सत्ताबाट बाहिर राख्ने रणनीतिको एक हिस्साका रूपमा हेरिएको छ ।

इजरायलका अरब राजनीतिक दलहरूको गठबन्धन संयुक्त सूचीका अध्यक्ष युसुफ जबारिनले भन्नुभयो, “आइजेनकोटलाई समर्थन गर्ने अरब दलहरूको निर्णय उहाँलाई सत्तामा ल्याउने भन्दा पनि नेतन्याहूलाई सत्ताबाट बाहिर राख्ने प्रयास हो ।”

अरब राजनीतिक दलहरूको गठबन्धनका अध्यक्ष जबारिनले यो राजनीतिक बाध्यतातर्फ औंल्याउँदै भन्नुभयो, “हामी राम्रो र राम्रोमध्ये एक छनौट गरिरहेका छैनौँ, तर हाम्रो अगाडि खराब र नराम्रोबीच नै छान्नुपर्ने विकल्पहरू छन्।”

इजरायलका विपक्षी नेता तथा पूर्व सेना प्रमुख गादी अखइजेनकोटले यासरका लागि चुनावी अभियान सुरु गर्नुभएको थियो ।

इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनका लागि नेतान्याहुले पनि निम्तो दिनुभएको छ तर त्यसो गर्दा आजेनकोटमाथि नेतान्याहु हावी हुने र पहिले झैँ नेतृत्व हडप्ने डर रहनेछ ।

गठबन्धनका अध्यक्ष जबारिन भन्नुहुन्छ, “अरब पार्टीहरूको प्राथमिकता आइजेनकोट प्रधानमन्त्री बन्ने वा हामी आफैँ पनि सरकारको हिस्सा हुनुपर्छ भन्ने होइन । लामो समयको राजनीतिक नेतृत्वमा रहेको समूहलाई शासन गर्न का लागि नै सत्तामा पु¥याउने परिपार्टीको अन्त्य गर्नु हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल