सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

असुनसियोन (पाराग्वे), २३ कात्तिक (रासस/एएफपी):पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध आपराधिक अभियोगसमेत लगाइएको छ ।

अधिकारीहरूले गत साता पाराग्वेको लोकप्रिय अनलाइन ऋणदाता युएनो बैंक नियन्त्रणमा लिएका थिए । उक्त बैंकमा देशका करिब ६५ लाख जनसङ्ख्यामध्ये झन्डै आधाको खाता रहेको थियो भने सरकारी निकायको ८० करोड अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा थियो । बैंकको पतनपछि देशभर विरोध प्रदर्शन भएको थियो ।

सन् २०२३ मा राष्ट्रपति बन्नुभएका पेनाले गत वर्षसम्म बैंकको होल्डिङ कम्पनी युएनो होल्डिङमा सेयर स्वामित्व राख्नुभएको थियो । उहाँमाथि राष्ट्रपतीय प्रभाव प्रयोग गरी बैंकमा सरकारी निक्षेप जम्मा गराएको तथा वित्तीय अनियमितता र शङ्कास्पद ऋणका विषयमा जानकारी हुँदाहुँदै पनि समस्या लुकाएको आरोप छ ।

अभियोजकहरूका अनुसार सरकारी निकायबाट निक्षेप सङ्कलन गरिरहेको युएनो बैंकले बैंकका उच्च अधिकारीसँग सम्बन्धित कम्पनीहरूलाई शङ्कास्पद ऋणसमेत प्रवाह गरेको थियो । यही प्रकरणको अनुसन्धानका क्रममा असुनसियोनबाहिर रहेको पेनाको निवासमा छापा मारिएको हो ।

अभियोगपत्रमा सन् २०२४ मा घर निर्माणका लागि पेनाले युएनो बैंकबाट दुईपटक गरी पाँच लाख अमेरिकी डलर ऋण लिनुभएको उल्लेख छ । उहाँको मासिक घरकर्जा किस्ता ३८ हजार अमेरिकी डलर रहेको र यो राष्ट्रपतिका रूपमा प्राप्त गर्ने मासिक तलबको छ गुणा भएको अभियोगपत्रमा जनाइएको छ ।

सिनेटले गत शुक्रबार पेनालाई पदबाट हटाउने निर्णय गरेपछि उपराष्ट्रपति पेद्रो एलियानाले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले आइतबार बैंक धराशायी भएपछि निक्षेप रोकिएका १२ लाख ग्राहकको रकम सरकारले फिर्ता गरेको जानकारी दिनुभयो ।

हालसम्म करिब १५ करोड ८० लाख अमेरिकी डलर फिर्ता गरिएको र बाँकी रकम वितरणको काम यसै साता पनि जारी रहने एलियानाले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल